• २०८१ बैशाख १२ बुधबार

चार नवनियुक्त राजदुतले लिए राष्ट्रपति समक्ष शपथ 

kharibot

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष विभिन्न देशका लागि नियुक्त नेपाली राजदूतले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । 

संयुक्त अरब इमिरेट्सका लागि नेपालका आवासीय राजदूत कृष्णप्रसाद ढकाल, मलेसियाका लागि नेपालका आवासीय राजदूत उदयराज पाण्डे, कुवेतका लागि नेपालका आवासीय राजदूत, दुर्गाप्रसाद भण्डारी र फ्रान्सका लागि नेपालका आवासीय राजदूत दीपक अधिकारीले शीतल निवासमा आयोजित समारोहमा शपथग्रहण गरेका हुन् । 

उक्त अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीको उपस्थिति थियो । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै