• २०८१ बैशाख १३ बिहीबार

आना र कर्माको ‘किचकिचे माया’ सार्वजनिक 

kharibot

काठमाडौँ । आगामी चैत १ गतेबाट प्रदर्शनमा आउन लागेको नेपालमा निर्मित पहिलो अंग्रेजी फिल्म ‘द म्यान फ्रम काठमाडौं’ को ‘किचकिचे माया’ बोलको गीत सार्वजनिक भएको छ । 

सोमवार रिलिज भएको गीतमा अभिनेता कर्मा र अभिनेत्री आना शर्मा फिचर्ड छन् । गीतमा आनाप्रति कर्माको एकोहोरो प्रेम बयान गरिएको छ । 

सुजेन्द्र डि. कार्कीको शब्द तथा संगीत रहेको गीतमा चन्दनध्वज केसीको स्वर छ । गीतलाई राजन इशानले एरेञ्ज गरेका हुन् । भने, भिडियोमा सविन शाक्यको कोरियोग्राफी छ । यस फिल्मको यसअघि एक रोमान्टिक गीत र ट्रेलर सार्वजनिक भइसकेको छ । फिल्मलाई पेमा धोन्डुपले निर्देशन गरेका हुन् ।

नेपाल र अमेरिकामा सुटिंग गरिएको फिल्मलाई क्यूएफएक्स सिनेमाज् प्रमुख नकिम उद्दिनले फिल्म निर्माण गरेका हुन् । एक्सन-लभस्टोरी जनरामा निर्माण भएको फिल्मले अतिवादी सोच भएको एक हिन्दु–मुस्लिम युवकको मनोवैज्ञानिक र भौतिक यात्राको कथा भन्छ ।

फिल्ममा आना र कर्मासँगै अमेरिकी अभिनेता जोसे म्यानुअल, बलिउड अभिनेता गुल्सन ग्रोवर, पाकिस्तानी अभिनेता हमिद शेख, नेपाली कलाकारहरु नीर शाह, शिशिर बाङ्देल, कर्म शाक्य, आमिर गौतम लगायतको अभिनय छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै