• २०८१ बैशाख १३ बिहीबार

महिला क्रिकेट विश्वकप क्वालिफायरमा नेपालको विजयी सुरुवात 

kharibot

काठमाडौँ । महिला टी-२० विश्वकप क्वालिफायर अन्तर्गतको एशिया क्वालिफायर छनोट खेलमा नेपालले विजयी सुरुवात गरेको छ । पहिलो खेलमा नेपालले मलेसियालाई ३४ रनले पराजित गरेको छ ।

नेपालले दिएको १२७ रन पछाएको मलेसियाले २० ओभरमा ७ विकेट गुमाउदै ९२ रन बनाएको थियो ।

मलेसीयाका लागिक्रिस्टियन बरेटले २१ रन बनाएकी थिइन् भने दुराइसिगमले १८ र सशा अजमिले १६ रन बनाएकी थिइन् ।

मलेसियालाई रोक्न नेपाली बलर करुणा भण्डारी र सरिता मगरले २-२ विकेट लिएकी थिइन् । त्यस्तै कविता कुवर र सिता राना मगरले एक एक विकेट लिएका थिए । यसअघि टस जितेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ५ विकेट गुमाउदै १२६ रन बनाएको थियो । 

नेपालका लागि सिता राना मगरले सर्वाधिक ४२ रन बनाएकी थिइन् । सिताले ४० बलमा ४२ रन बनाएकी हुन् । त्यस्तै रुबीना क्षेत्री बेलबासेले अविजित ३३ रन बनाएकी छन् भने काजोल श्रेष्ठले १६, इन्दु बर्माले १३ र नेरी थापाले ६ रन बनाएकी छन् ।

नेपालले अब विहिबार आयोजक थाइल्याण्डसँग खेल्दै छ ।

प्रतियोगितामा एशियाका सात राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् । आयोजक थाइल्याण्डसँगै नेपाल, युएई, मलेशिया, चीन, हङकङ र कुवेतले राउण्ड रोबिन लिगमा खेल्नेछन् । प्रत्येक टिमले ६-६ खेल खेल्नेछन् । 

प्रतियोगिता एशियाली राष्ट्रका लागि सन् २०२० मा हुने टी–२० विश्वकप र २०२१ मा हुने ५० ओभरको विश्वकपका लागि शुरुआती खुड्किलो हो । 

क्वालिफायरमा एकआपसमा खेलिसकेपछि अङ्कतालिकामा शीर्ष स्थानमा रहने टिम टी-२० महिला विश्वकप र एकदिवसीय विश्वकपका लागि ग्लोबल क्वालिफायरमा छानिनेछ ।


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै