• २०८१ बैशाख १३ बिहीबार

बलिवुड गायक सोनु निगम नर्भिकमा भर्ना 

kharibot

गायक सोनु निगम, फाइल तस्बीर

काठमाडौं । भारतीय गायक सोनु निगम थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका छन् ।

एउटा गीतको भिडियो सुटिङका लागि नेपाल आएका उनी ढाडमा अत्यधिक पीडा भएपछि मंगलबार दिउँसो पोखराबाट काठमाडौँ आएर साढे एक बजे अस्पताल भर्ना भएका हुन् ।

उनको रक्तजाँच तथा एक्स रे गरिएको र एमआरआई गर्ने तयारी भएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार उनलाई अहिले नर्भिक अस्पतालको भीआईपी स्वीट ५०१ मा राखिएको छ भने डा. पंकज जलान, डा. प्रवीण नेपाललगायतको टिमले उनको उपचार गरिरहेको छ ।

अस्पतालले एमआरआई गरेपछि मात्र आज अस्पताल बस्नु पर्ने नपर्ने निर्णय लिइने जानकारी दिएको छ ।

यसअघि पनि सोनु निगमलाई सी फूडका कारण छालासम्बन्धी एलर्जी भएपछि भारतकै एक अस्पतालमा केही दिन भर्ना गरिएको थियो भने स्वास्थ्यमा सुधार आएपछि केही दिनअघि पोखरा आएका थिए ।
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै