• २०८१ बैशाख ७ शुक्रबार

हिमालयन बैंकद्वारा दुर्घटनामा निधन भएका ग्राहकलाई बीमा रकम हस्तान्तरण 

kharibot

कावासोती, नवलपुर । हिमालयन बैंक लिमिटेड कावासोती शाखाले सवारी दुर्घटनामा परि निधन भएका आफ्ना खातावाला ग्राहक स्व. रविराज खनालकी धर्मपत्नी श्रीमती गीता खनाललाई उक्त खाताको “दुर्घटना मृत्यू बिमा” वापत प्राप्त भएको रु. पाँच लाख हस्तान्तरण गरेको छ । 

बैंकले आफ्ना सम्पूर्ण खातावालाहरुको रु. पाँच लाख सम्मको निशुल्क दुर्घटना मृत्यू बिमा गरिदिएको हुन्छ । 

बैंकका शाखा प्रबन्धक आत्माराम गौतमले उक्त बीमा वापतको रकम शाखा कार्यालयको हातामा शाखाका अन्य पदाधिकारीहरु तथा शिखर इन्स्योरेन्सका प्रतिनिधी यम काफ्लेको उपस्थितीमा मृतककी श्रीमती गीता खनाललाई हस्तान्तरण गरे । 

मृतककी श्रीमती गीता खनालले पतिको असामयिक निधनले परिवारमा ठूलो क्षति र पीडा पुर्याएको बखत बैंकको यस सहयोगले केही मात्रामा भए पनि आर्थिक राहत दिएको बताईन् ।  

 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै