• २०८१ बैशाख १३ बिहीबार

५० ओभरको खेलमा ओमान २४ रनमा अलआउट !

kharibot

काठमाडौँ । स्कटल्याण्डको भ्रमणमा रहेको ओमानको क्रिकेट टिम ५० ओभरको खेलमा २४ रनमा अल आउट भएको छ ।

ओमान लिस्ट ए क्रिकेटको चौथो कम रन बनाउदै अलआउट भएको छ ।

ओमानका लागि कनवर अलिले १५ रन बनाए भने ६ खेलाडी शुन्य रनमा आउट भएका थिए । ओमानले १७.१ ओभर खेल्दै कुल २४ रन बनाएर आउट भएको थियो ।

स्कटल्याण्डका बलर रुइद्री स्मिथ र एड्रियन नेइलले ४-४ विकेट लिए भने अलासडेयर इभान्सले २ विकेट लिए ।

स्कटल्याण्डले ३.२ ओभर खेल्दै खेल जितेको छ । ओमानसँग स्कटल्याण्डको दोस्रो खेल बुधबार हुदै छ भने अन्तिम खेल शुक्रबार खेल्ने छ ।

५० ओभरको लिस्ट ए क्रिकेटमा सबै भन्दा कम रन बनाउने रेकर्ड भने वेस्ट इन्डिजको अन्डर १९ टिमको नाम छ । वेस्ट इन्डिजको अन्डर १९ टिमले बर्बाडोसविरुद्ध १८ रनमा अलआउट भएको थियो ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै