• २०८१ बैशाख १२ बुधबार

बलात्कार पछि बालिकाको हत्या गरी जलाउने अभियुक्त पक्राउ 

kharibot

धनुषा । जबरजस्ती करणी पश्चात् बालिकाको हत्या गरी जलाउने अभियुक्त धनुषा बटेश्वर-४ बैगाली टोल बस्ने निरन भन्ने निरज जर्घा मगर (हाम्ली डन) लाई प्रहरीले सोमबार पक्राउ गरेको छ । 

धनुषा मिथिला नगरपालिका-३ हरिहरपुर मगर टोलस्थित उखुबारीमा सोही ठाउँ बस्ने बोल्न नसक्ने ११ वर्षीया रेश्मा भन्ने दुतिया रसाइलीको जलेको शव फागुन २ गते बिहान फेला परेको घटनाको अनुसन्धानको क्रममा अभियुक्त जर्घा मगरको संलग्नता खुल्न आएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । 

सोही ठाउँस्थित विवाह भोजमा फागुन १ गते साँझ पुगेकी बालिकाको भोलिपल्ट शव फेला परेपछि तत्कालै २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर, संघीय प्रहरी र्कायालय र जिल्ला प्रहरी कार्यालय धनुषाको संयुक्त प्रहरी टोलीले सुक्ष्म अनुसन्धान गरी खोजी गर्ने क्रममा लुकिछिपी भारततर्फ भाग्न लागेको अवस्थामा धनुषा बिदेह नगरपालिका-२ दुहबी टोलबाट अभियुक्त जर्घा मगरलाई पक्राउ गर्न सफल भएको हो ।   

उक्त विवाह भोजमा नाचगान गर्ने क्रममा बिजुलीको लाइन काटिएको मौकामा जर्घा मगरले बालिकालाई फकाउन पसलबाट चाउचाउ र फ्रुटी किनिदिएर उखुबारीमा लगी जबरजस्ती करणी गरे पश्चात् घाँटी थिचेर हत्या गरी शवमाथि उखुको पात, बालिकाको कपडा र चप्पल राखेर आगो लगाएको अनुसन्धानबाट खुल्न आएको छ । त्यसपछि पुन: विवाह घरमा नाचगान हेर्न गई मामाघरमा सुतेका मगर भोलिपल्ट घटनास्थल हेर्न गएको र तत्पश्चाधत गाँउबाट भागेका थिए । अभियुक्त मगर यसअघि विभिन्न अपराधिक घटनामा सजाय भुक्तान गरी सकेको समेत बुझिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । 

निजलाई जबरजस्ती करणी गरी कर्तब्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान कार्य भइरहेको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै