• २०८१ बैशाख ६ बिहीबार

तत्कालिन एलडियोसहित १८ जनाविरुद्ध मुद्धा दायर 

kharibot

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सल्यान जिल्लाका तत्कालिन एलडियो खिमबहादुर रायमाझीसहित १८ जनाविरुद्ध संसद विकास कोषको रकम अनियमितता गरेको आरोपमा मुद्धा दायर गरेको छ ।

अख्तियारले एलडियो रायमाझीसहित १८ जनाले मिलोमतोमा संसद विकास कोषको १० लाख अनियमितता गरेको जनाएको छ ।

अख्तियारले जिल्ला सल्यान, बागचौर नगरपालिका वडा नं. ५ बाङ्गेलाँकुरी बजारमा विद्युत् लाईन तान्नको लागी सभासद कोषबाट रू.१०,००,०००।- (दश लाख) र साविक शिवरथ गा.वि.स. बाट रू.५,००,०००।- (पाँच लाख) गरी जम्मा रू.१५,००,०००।- (अक्षरुपी पन्ध्र लाख) रकम प्राप्त भएकोमा रू. ५,००,०००।- (पाँच लाख) को पोल गाड्ने काम मात्र भएको, विद्युत् लाईन नल्याएको बाँकी रू.१०,००,०००।- (दश लाख) रकम समितिका अध्यक्ष ईन्द्रबहादुर भण्डारी, सचिव विरेन्द्र ओली र कोषाध्यक्ष त्रिपुरा वली मिलि फर्जी कागजपत्र बनाई हिनामिना गरेको आरोप लगाएको छ ।

अख्तियारले प्राविधिक कागजातमा प्रति ईकाई मूल्य बढाई सिमेन्टलगायत खरिद नभएका निर्माण सामाग्रीहरूको झुट्टा विल, भरपाई बनाई समावेश गरी भुक्तानीका कागजात तयार गरी गराई भुक्तानीसमेत दिई आफू र अन्य व्यक्तिलाई गैरकानूनी लाभ पुर्यानई बदनियतसाथ नेपाल सरकारलाई गैरकानूनी हानि पुर्यायउने कार्य गरेको भन्दै विशेष अदालत काठमाडौँमा ५ लाख ६१ हजारको बिगो दाबी गर्दै मुद्धा दायर गरेको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै