• २०८१ बैशाख ११ मंगलबार

नेकपाका शीर्ष नेता धनगढीमा

kharibot

अत्तरिया । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित शीर्ष नेताहरु मंगलबार धनगढीमा आएका छन् ।

बुधबार धनगढीमा हुने पार्टीको विशेष कार्यकर्ता भेलामा सहभागिताका लागि अध्यक्ष दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव बिष्णु पौडेलसहितका नेताहरु धनगढी पुगेको नेकपाका सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष कर्ण थापाले जानकारी दिए । 

भेलालाई नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसहित शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको अध्यक्ष थापाले बताए । 

यसअघि आजै अध्यक्ष प्रचण्डले धनगढीस्थित नेकपा सुदूरपश्चिम प्रदेश कार्यालय पुगेर निरीक्षण गरेका छन् ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै