• २०८१ बैशाख ८ शनिबार

बायर्न म्युनिख र लिभरपुल गोलरहित बराबरीमा 

kharibot

काठमाडौँ । च्याम्पियन्स लिग अन्तर्गत प्रि-क्वाटरफाइनलको पहिलो लिगमा लिभरपुल र बायर्न म्युनिख गोलरहित बराबरीमा रोकिएको छ ।

लिभरपुलको घरेलु मैदानमा भएको यस खेलमा दुवै टिम गोल गर्न असफल भएका थिए । गोलरहित बराबरीमा रोकिएपछि अब निर्णायक खेल मार्च १३ मा बायर्नको घरेलु मैदानमा हुने छ ।   

योसँगै बायर्न म्युनिखका पछिल्ला तीन खेल बिना कुनै खेल बराबरीमा सकिएका छन् । साथै बायर्न च्याम्पियन्स लिगका पछिल्ला ९ खेलमा अपराजित रहेको छ जसमा ६ जित र ३ बराबरी रहेका छन् । 

लिभरपुलले अब आगामी आइतबार प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडको सामना गर्दै छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै