• २०८१ बैशाख ७ शुक्रबार

स्वरेजको प्रदर्शन बार्सिलोनाको टाउको दुखाई ! 

kharibot

काठमाडौँ । उरुग्वेका फुटबलर लुइस स्वरेज अहिले बार्सिलोनाबाट प्रोफेसनल फुटबल खेलिरहेका छन् । स्वरेज एग्रेसिभ फुटबल खेल्ने खेलाडीको रुपमा परिचित छन् ।

२०१४ मा प्रिमियर लिग क्लब लिभरपुलबाट बार्सिलोना गएका थिए । बार्सिलोनामा स्वरेजले धेरै सफलता हासिल गरेपनि उनको च्याम्पियन्स लिगको प्रदर्शन फेरी एक पटक चर्चामा आएको छ । स्वरेजले च्याम्पियन्स लिगको अवे खेलमा बार्सिलोनाका लागि २०१५ सेप्टेम्बरदेखि गोल गर्न असफल भएका छन् । गएराती भएको च्याम्पियन्स लिग प्रि-क्वाटरफाइनलको पहिलो लिगमा बार्सिलोना फ्रेन्च क्लब लियोनसँग गोलरहित बराबरीमा रोकिएपछि स्वरेजको चर्चा फेरी एक पटक हुन् थालेको छ ।

स्वरेजले ला लिगामा अहिलेसम्म यस सिजनमा १५ गोल गरेका छन् । तर च्याम्पियन्स लिगमा यस सिजनमा गोलविहिन रहेका छन् । भने स्वरेज पछिल्लो १७ खेलमा केवल एक गोल मात्र गरेका छन् । त्यस्तै स्वरेज बार्सिलोनाका पछिल्ला ५ खेलमा गोलविहिन रहेका छन् ।

स्वरेजको प्रदर्शनले पनि बार्सिलोनाको च्याम्पियन्स लिग उपाधि जित्ने सम्भावना कठिन हुने विश्लेषण गर्न थलिएको छ । युरोपका उत्कृष्ट स्ट्राइकर मध्येका एक स्वरेजको प्रदर्शन बार्सिलोनाका लागि पनि चिन्ताको विषय बनेको छ ।

स्वरेजले बार्सिलोनाका लागि अहिलेसम्म २३१ खेलमा १६८ गोल गरेका छन् । त्यस्तै लिभरपुलका लागि १३३ खेलमा ८२ गोल गरेका छन् । त्यस्तै उरुग्वेको राष्ट्रिय टिमका लागि स्वरेज १०६ खेलमा ५६ गोल गरेका छन् ।

स्वरेजले बार्सिलोनाका लागि अहिलेसम्म तीन पटक ला लिगा, चार पटक कोपा डेल रे उपाधि जितेका छन् भने एक पटक च्याम्पियन्स लिग, सुपर कोपा, क्लब विश्वकप जितेका छन् ।   
 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै