• २०८१ बैशाख १३ बिहीबार

निर्मलाका हत्यारा पत्ता लगाएरै छाड्छौं – प्रधानमन्त्री ओली 

kharibot

धनगढी  । बुधबार सुदूरपश्चिम प्रदेशसभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले निर्मला पन्तको हत्यारा पत्ता लगाएरै छोड्ने दाबी गरेका छन् ।

कञ्चनपुरकी १३ वर्षीया बालिका पन्तको बलात्कारपछि हत्या भएको विषयलाई सरकारले गम्भीरतापूर्वक लिएकोले, छानबिन समिति र विभिन्न टोली गठन गरी काम भैरहेको बताए । उनले सरकारले छिट्टै नै अपराधी पत्ता लगाउने आश्वासनसमेत आफ्नो सम्बोधनमा दिएका छन् । 

प्रधानमन्त्री ओलीले प्रदेश राजधानीबारे प्रदेशसभाले गरेको निर्णय उपयुक्त भएको समेत बताए । उनले भने ‘राजधानी सार्ने तपाईहरुले जुन निर्णय गर्नु भएको छ त्यो उपयुक्त छ, त्यसलाई सार्नै पर्छ । तर, त्यसमा लगानी गर्न आवश्यक छ ।’

राजनीतिक आवरणमा चन्दा आतंक मच्चाउने काम भइरहेको भन्दै प्रधानमन्त्री ओलीले विप्लव समूहको नाम नलिई भने, ‘राजनीतिक आवरणमै लुटपाट र देशलाई डुबाउने खालका कामहरु हुँदैछन्, यस्ता विकासका बाधक र हिंसात्मक क्रियाकलापहरु सरकारले हेरेर बस्दैन ।’

मंगलबारदेखि सुदूरपश्चिमको भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले मंगलबार डडेलधुराको स्याउलेमा रहेको  विद्यतु सव स्टेशनको उद्घाटन गरेका थिए भने डोटीको विपी नगरमा सहजपुर –बोक्टान सडकको शिलान्यास समेत गरेका थिए । 

प्रधानमन्त्री ओलीले आजै नेपाल कम्यूनिस्ट पार्टी (नेकपा)का सुदुरपश्चिम स्तरीय कार्यकर्तालाई सम्बोधन गरेपछि काठमाडौं फर्कने कार्यक्रम रहेको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै