अष्ट्रेलियामा बिचल्लीमा परेका नेपाली विद्यार्थीको उद्धार गर्न सरकारलाई आग्रह

खरीबोट

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले अष्ट्रेलियामा अध्ययन गर्न जाँदा बिचल्लीमा परेका एक हजारभन्दा बढी नेपाली विद्यार्थीको उद्धार एवं उचित शैक्षिक प्रबन्धका लागि तत्काल अष्ट्रेलिया सरकारसँग आवश्यक पहल गर्न नेपाल सरकारलाई आग्रह गरेको छ ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्तिमार्फत बिचल्लीमा परेका विद्यार्थीका साथै अष्ट्रेलियास्थित काङ्ग्रेस निकट नेपाली जनसम्पर्क समितिलाई तत्काल यसबारे थप सूचना लिन र आवश्यक समवन्य गर्न केन्द्रीय कार्यालयका तर्फबाट निर्देशन गरिसकिएको जनाएका छन् ।

“हजारौँ नेपाली विद्यार्थीले अष्ट्रेलियाबाट निरन्तर उच्च शिक्षा हासिल गरिरहेका छन् र त्यसप्रति हामी अनुगृहित पनि छौँ तर स्थानीय एक शैक्षिक प्रतिष्ठानले विधिवत् दर्ता र सम्बन्धनबेगर विद्यार्थी भर्ना लिएर हजारौँको भविष्य अन्योलमा पुर्याएको र नर्सिङ अध्ययन गर्न गएका हाम्रा नेपाली विद्यार्थीसमेतले मार्मिक चोट भोग्नुपरेको सार्वजनिक विवरणले अभिभावकसँगै हामीलाई पनि मर्माहत तुल्याएको छ” विज्ञप्तिमा उल्लेख छ ।

दर्ता नभएको क्याम्पसमा विद्यार्थी पठाउने परामर्शदाताबारे आवश्यक विवरण सङ्कलन गरी आवश्यक कारवाही प्रक्रिया अघि बढाउन समेत काङ्ग्रेसले नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।

सम्बन्धित समाचार

राप्रपाद्वारा अष्ट्रेलियामा बिचल्लीमा परेका विद्यार्थीको विषयमा कुटनीतिक पहल गर्न माग 

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रवास बिभागले अष्ट्रेलियाको ईन्स्टिच्युट अफ विजिनेस एण्ड टेक्नोलोजी (एआईविटी) कलेजमा नर्सिङ पढिरहेका झण्डै एक हजार नेपाली  विधार्थीहरूको भविष्य अन्योलमा परेको भन्दै आफुहरुको गम्भीर ध्यानआकर्षण भएको

अष्ट्रेलियामा बिचल्लीमा परेका नेपाली विद्यार्थीको उद्धार गर्न सरकारलाई आग्रह

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले अष्ट्रेलियामा अध्ययन गर्न जाँदा बिचल्लीमा परेका एक हजारभन्दा बढी नेपाली विद्यार्थीको उद्धार एवं उचित शैक्षिक प्रबन्धका लागि तत्काल अष्ट्रेलिया सरकारसँग आवश्यक पहल गर्न

अष्ट्रेलियामा भीषण बाढी, दुई जनाको मृत्यु

अष्ट्रेलिया । अष्ट्रेलियामा भीषण बाढी आएको छ । सो बाढीबाट मङ्गलबार मात्र दुई जनाको ज्यान गएको जनाइएको छ । यहाँ केही दिनदेखि अविरल वर्षा भइरहेको छ । वर्षाका कारण यहाँको जनजीवनमा

अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाद्वारा राजीनामा

काठमाडौ । अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले पदबाट राजीनामा दिएकी छन् । मानव बेचबिखनको आरोप लगेपछि परराष्ट्र मन्त्रालयको आग्रहमा नेपाल आएकी राजदूत शेर्पाले पदबाट राजीनामा दिएकी हुन् । तत्कालीन माओवादी


z