• २०८१ बैशाख १३ बिहीबार

मालिका बचत तथा ऋण सहकारीको प्रथम सेवाकेन्द्र जेडीए कम्प्लेक्स सुन्धारामा 

kharibot

काठमाडौं । मालिका बचत तथा ऋण सहकारी संस्था लिमिटेडको प्रथम सेवाकेन्द्र आजदेखि सुन्धारको जेडीए कम्प्लेक्सको दोस्रो तलामा सुरु भएको छ ।

काठमाडौं महानगरपालिकाका सहकारी विभाग प्रमुख नमराज ढकालले एक समारोहबीच सेवाकेन्द्रको उद्घाटन गरेका छन् । कार्यक्रममा बोल्दै ढकालले जनताको सेवामा प्रभावकारिता ल्याउन यस खालको सहकारी संस्था सहयोगी हुने बताए । 

यसैगरी ढकालले हाल काठमाडौं महानगरपालिकाको मातहतमा १८ सय ५५ वटा सहकारी संस्था रहे पनि करिब ६ सय वटा सहकारी संस्थाले मात्रै आफ्नो विवरण अद्यावधिक गरेको भन्दै आगामी दिनमा झोले सहकारी संस्थालाई कानूनको दायरामा ल्याइने बताए ।

कार्यक्रममा बोल्दै मालिका बचत तथा ऋण सहकारी संस्था लिका सभापति जनकबहादुर धामीले गत वर्षको भन्दा आफ्नो सहकारी संस्थाले करिब ३० प्रतिशत नाफा गरेको बताउँदै सहकारीको मुख्य उद्देश्य विभिन्न बचत कार्यक्रममार्फत संस्थाका सदस्यहरुलाई सहयोग गर्ने रहेको बताए । 

कार्यक्रममा सहकारीका सञ्चालक समितिका सदस्य र अन्य सदस्यको समेत उपस्थिति थियो । सहकारी संस्थाको प्रधान कार्यालय काठमाडौंको कुलेश्वरमा छ । 
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै