• २०८१ बैशाख १३ बिहीबार

बैंकहरुलाई सबै प्रकारको सेवा शुल्कको विवरण तीन दिनभित्र पठाउन राष्ट्र बैंकको निर्देशन

kharibot

काठमाडौं । बैंक तथा फाईनान्स कम्पनीहरु प्रति नेपाल राष्ट्र बैंक निकै कडारुपमा प्रस्तुत भएको छ । राष्ट्र बैंकले बुुधबार परिपत्र जारी गर्दे बैंकले लिने सबै प्रकारको सेवा शुल्कको विवरण तीन दिनभित्र पठाउन निर्देशन दिएको छ । 

निर्देशन अनुसार बैंकहरुले कर्जा प्रवाह गर्दा ग्राहकहरुसँग लिने प्रशासनिक शुल्क, प्रतिबद्धता शुल्क, कर्जा अग्रिम रूपमा भुक्तानी गर्दा अग्रिम भुक्तानी शुल्क लगायत अन्य सबै प्रकारका सेवा शुल्कको विस्तृत विवरण पठाउनुुपर्नेछ ।

फागुुन आठ गते बुुधबार वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुको परिपत्र जारी गर्दै फागुुन आठ गतेको मितिले तीन दिनभित्र ग्राहकसँग लिने सबै शुल्कको विवरण पठाउन निर्देन दिएको हो । 

२०७५ को पुुस मसान्तसम्म सातवटै प्रदेशमा प्रादेशिक कार्यालय खोल्न वाणिज्य बैंकहरुलाई राष्ट्र बैकले यसअघि नै निर्देशन दिएको थियो ।

तर, अहिले भने उक्त प्रादेशिक कार्यालय स्थापनासम्वन्धी विवरण पठाउँदा बैंकले ग्राहकसँग लिने शुल्कको समेत सम्पूर्ण विवरण पठाउन निर्देशन दिइएको राष्ट्र बैंकले जानकारी दिएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै