• २०८१ बैशाख १३ बिहीबार

काठमाडौँलाई पराजित गर्दै अत्तरिया डिपिएलको फाइनलमा 

kharibot

काठमाडौँ । रुस्लान धनगढी प्रिमियर लिग अन्तर्गत सिवाईसी अत्तरिया फाइनलमा प्रवेश गरेको छ ।

आज भएको पहिलो क्वालिफायरमा काठमाडौँ गोल्डेन्सलाई पराजित गर्दै अत्तरिया फाइनलमा पुगेको हो ।

अत्तरियाले काठमाडौँलाई ४१ रनले पराजित गरेको हो । अत्तरियाले दिएको १११ रनको लक्ष्य पछाएको काठमाडौँ गोल्डेन्स १८.४ ओभ मा ६९ रन बनाउदा अलआउट भएपछि अत्तरिया विजयी भएको हो ।

काठमाडौँका लागि गौरव तोमारले सर्वाधिक २६ रन बनाए भने कप्तान ज्ञानेन्द्र मल्ल र योगेन्द्रसिंह कार्कीले ११-११ रन बनाएका थिए ।

त्यस्तै अत्तरियाका बलर सन्नी पटेलले ३ विकेट लिएका थिए । सन्नीले ४ ओभरमा एक मेडन ओभरसहित १८ रन दिएर ३ विकेट लिएका थिए । त्यस्तै कमल सिंह ऐरी र भुवन कार्कीले २-२ तथा दिपेन्द्र सिंह ऐरीले एक विकेट लिएका थिए ।

यसअघि अत्तरियाले टस जितेर पहिला ब्याटिंग गर्दै ८ विकेट गुमाएर ११० रन बनाएको थियो । अत्तरियाका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ३३, सन्नी पटेलले २८ तथा सुबेन्द पाण्डेले १६ रन बनाएका थिए । काठमाडौँका बलर सुर्य तामाङ र अंकित दबासले २-२ विकेट लिएका थिए ।  

यस खेलमा पराजित भएपनि काठमाडौँ गोल्डेन्सले फाइनलमा पुग्ने अर्को अवसर पाउने छ । अब रुपन्देही च्यालेन्जर्स र महेन्द्रनगर युनाइटेडको विजेता टिमसँग काठमाडौँले दोस्रो क्वालिफायर खेल्ने छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै