• २०८१ बैशाख ८ शनिबार

नेप्सेमा दोहोरो अंकको गिरावट 

kharibot

काठमाडौं । साताको चौथो कारोवार दिन बुधबार नेप्सेमा दोहोरो अंकले गिरावट आएको छ । अघिल्लो दिन २२ अंकले बढेको नेप्से आज १२ दशमलव ७२ अंक घटेर ११ सय १२ दशमलव २३ विन्दुुमा झर्दा सेन्सेटिभ पनि दुुई दशमलव ५७ अंक घटेर दुुई सय ३६ दशमलव ३४ विन्दुुमा झरेको छ ।

एक सय ६२ कम्पनीहरुको तीन हजार ६ सय ८९ वटा कारोबारमा ६ लाख ८१ हजार १ सय ३८ कित्ता सेयर खरिद विक्री भएको छ । उक्त परिमाणमा सेयर खरिदविक्री हुँदा कारोबार रकम १६ करोड ६१ लाख ७३ हजार ६ सय २८ रुपैयाँ पुुगेको छ । 

नेप्सेमा आज १० वटा समूहको कारोबार भएकोमा उत्पादनमूुल समूहको सूचक ८ दशमलव ६९ अंकले सुधार आए पनि बाँकी समूहको सूचक उच्च अंकले घटेका छन् ।

सोमध्ये वाणिज्य बैंक समूहको सूचक ८ दशमलव ७१ अंकले घटेर ९ सय ५१ दशमलव ९५ विन्दुमा झर्दा विकास बैंक समूहको सूचक १३ दशमलव ४२ अंक बढेर १४ सय १७ दशमलव २१ विन्दुुमा झरेको छ ।

निर्जीवन बीमा समूहको सूचक पनि १ सय ५ दशमलव ४५ अंकले घटेर ५ हजार ३ सय ३२ दशमलव १० विन्दुुमा झर्दा जीवन बीमा समूहको सूचक १ सय ६७ दशमलव ८३ अंकले घटेर ५ हजार ५ सय ९३ दशमलव एक विन्दुुमा झरेको छ । जलविद्युुत्, होटल, फाइनान्स र अन्य समूहको कारोबार सूचक पनि घटेका छन् । 

आज बढी कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको चौतारी लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य ९ रुपैयाँ ८४ पैसाले बढेर ५ सय ४७ रुपैयाँमा कारोवार भएको छ भने बढी गुुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको सामुुदायिक लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य ५ रुपैयाँ ४० पैसाले घटेर सात सय ८७ रुपैयाँमा कारोवार भएको छ ।

यसैगरी, रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको अपरतामाकोशी हाइड्रो पावर कम्पनीको भने प्रतिकित्ता २ सय २४ रुपैयाँ अन्तिम मूल्यमा ८९ लाख ३५ हजार ५ सय २० रुपैयाँको कारोबार भएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै