• २०८१ बैशाख ६ बिहीबार

फिल्म कागजपत्रको ट्रेलर सार्वजनिक 

kharibot

काठमाडौँ । अस्ट्रेलिया जादा नक्कली कागजपत्र र आफ्न्तसँगै नक्कली विवाह गरेर जाने तथा चाहनेहरुको कथामा आधारित भएर निर्माण भएको फिल्म ‘कागजपत्र’ को ट्रेलर सार्वजनिक भएको छ । 

ट्रेलरमार्फत् फिल्मको मूलकथालाई प्रस्ट्याउन खोजिएको छ । बुधबार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलर कमेडीले भरिपूर्ण छ । 

यसमा अभिनेता नाजिर हुसेनसँग अभिनेत्री शिल्पा मास्केको प्रेम देखिइएको छ, तर अष्ट्रेलिया जानका लागि उनले अभिनेत्री सरिता गिरीसँग बैबाहिक जीवनमा बाँधिएका कलाकार भोलाराज सापकोटासँग नक्कली विवाह गरेकी छन् । ट्रेलरमा द्वअर्थी शब्द पनि पर्याप्त छन् । यो फिल्म चैत ८ मा रिलिज हुँदैछ । 

इपी एजुकेशन अष्ट्रेलियाको प्रस्तुतीमा तयार भएको फिल्म वल्र्डवाइड फिल्मस् र अस सिनेमाको संयूक्त व्यानरमा निर्माण भएको हो । फिल्म सामाजिक तथा कमेडी कथामा निर्माण गरिएको निर्देशक तथा लेखक अपिल बिष्टले बताए । अपिलले यसअघि ‘झुम्की’ निर्देशन गरेका थिए । 

यसको निर्मातामा खिलेन्द्र तिमल्सिना, मुकेश रेग्मी र प्रजापती सिवाकोटी छन् । फिल्ममा किरण न्यौपाने र सरस्वती श्रेष्ठ सह-निर्माताको रुपमा रहेका छन् । फिल्ममा बसन्त सापकोटा र संगीत सापकोटाको संगीत छ भने निमेष श्रेष्ठको सम्पादन रहेको छ । 

फिल्मलाई अस्ट्रेलियन सिनेमाटोग्राफर क्यस्मिर डिक्सनले खिचेका हुन् । लोकेन्द्र लेखक, जीवन भट्टराई, लक्ष्मी वर्देवा, अर्जेस रेग्मीलगायतका कलाकारहरुको पनि फिल्ममा अभिनय छ । अभिनेत्री शिल्पाले आफ्नो डेब्यु फिल्म भएका कारण ‘कागजपत्र’ माथि ठूलो आशा र भरोसा रहेको बताइन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै