• २०८१ बैशाख ८ शनिबार

म्यान्चेस्टर सिटीले किन्यो चिनियाँ क्लब 

kharibot

काठमाडौँ । इङलिश प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले नयाँ क्लब किनेको छ । द सिटी फुटबल ग्रुपले बेलायतमा म्यान्चेस्टर सिटी,, अस्ट्रेलियामा मेलवर्न सिटी, अमेरिकामा न्युयोर्क सिटी फुटबल क्लब पछि चिनियाँ क्लब सिचुवान जिउनिउलाई किनेको छ ।

सिटीका प्रमुख कार्यकारी अधिकृत फेरान सोरीयनोले एक विज्ञप्ति जारी गर्दै चिनियाँ क्लबमा लगानी गरेको जानकारी दिएको छ । सो क्लबमा सिटी ग्रुपसँगै चिना स्पोर्ट्स क्यापिटल र रोबोटिक्स उबटेकले लगानी गरेका छन् ।

उनले विज्ञप्तिमा चीनमा बढेको फुटबलको लोकप्रियतालाई ध्यानमा राख्दै चीनमा फुटबलमा लगानी गरेको जानकारी दिएका छन् ।

सिटी फुटबल ग्रुपले विश्वका सात क्लबमा आफ्नो लगानी गरेको छ । ग्रुपले उरुग्वेको एथलेटिको टोरक्यु, स्पेनको जिरोना, जापानको योकोहामा मरिनोस, म्यान्चेस्टर सिटी, मेलवर्न सिटी र न्युयोर्क सिटी रहेको छ ।

सिटी फुटबल ग्रुपमा चाइना स्पोर्ट्स क्यापिटलले २०१५ देखि र उबटेक २०१६ देखि सिटीको कमर्सियल पार्टनर रहेका छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै