• २०८१ बैशाख १४ शुक्रबार

एथलेटिकोसँग युभेन्टस पराजित, रोनाल्डो प्रभावहीन 

kharibot

काठमाडौँ । च्याम्पियन्स लिगको प्रिक्वाटरफाइनलमा युभेन्टस एथलेटिको म्याड्रिडसँग पराजित भएको छ । प्रिक्वाटरफाइनलको पहिलो लिगमा एथलेटिकोको घरेलु मैदानमा भएको खेलमा युभेन्टस २-० ले पराजित भएको हो ।

पहिलो हाफ बिना कुनै गोल सकिएको खेलमा एथलेटिकोले खेलको अन्तिम मिनेट तिर दुई गोल गर्दै युभेन्टसमाथि पहिलो लिगमा २-० को अग्रता लिन सफल भएको हो ।

एथलेटिकोका लागि जोस गिमेनेजले खेलको ७८औ मिनेटमा गोल गरे भने त्यसको ५ मिनेटपछि नै डिएगो गोडीनले फ्रीकिक मार्फत गोल गर्दै एथलेटिकोलाई २-० को अग्रता दिलाएका थिए ।

पहिलो लिगको हारसँगै युभेन्टस च्याम्पियन्स लिगबाट बाहिरिने सम्भावना बढेको छ । युभेन्टस २०१४ देखि यता पहिलो पटक प्रि-क्वाटरफाइनलमा गोलरहित भएको छ । रियल म्याड्रिडलाई लगातार तीन पटक च्याम्पियन्स लिग जिताउदै उच्च गोल कर्ता रहेका क्रिस्टियानो रोनाल्डो यस सिजनमा च्याम्पियन्स लिगमा असफल बनेका छन् । उनले अहिलेसम्म यस सिजनको च्याम्पियन्स लिगमा केबल एक गोल मात्र गरेका छन् । 

अब प्रिक्वाटरफाइनलको दोस्रो लिग आगामी मार्च १२ मा युभेन्टसको घरेलु मैदानमा हुने छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै