• २०८१ बैशाख ८ शनिबार

१० खेलाडीमा सिमित म्यानचेस्टर सिटीको शाल्केमाथि जित 

kharibot

काठमाडौँ । च्याम्पियन्स लिग अन्तर्गतको प्रिक्वाटरफाइनलमा म्यान्चेस्टर सिटीले शाल्केमाथि ३-२ को जित हासिल गरेको छ । प्रतिष्पर्धात्मक खेलमा सिटीले खेलको अन्तिम मिनेटमा गोल गर्दै पहिलो लिगमा अग्रता लिन सफल भएको छ ।

सिटीका लागि सर्जियो अग्युरो, लिरोय साने र रहिम स्टरलिङले एक एक गोल गरेका थिए भने शाल्केका लागि नबिल बेन्टालेबले दुवै गोल गरेका थिए । नबिलले दुबई गोल पेनाल्टीबाट गरेका थिए ।

खेलको ६८औ मिनेटमा सिटीका निकोलस ओटामेंडीले दोहोरो पहेलो कार्ड पाएपछि मैदान छोड्दा सिटी १० खेलाडीमा सिमित भएको थियो ।

अब दोस्रो लिग सिटीको घरेलु मैदानमा आगामी मार्च १२ मा हुने छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै