चीनका पूर्व प्रधानसेनापतिलाई आजीवन जेल सजाय

खरीबोट

बेइजिङ । चीनका पूर्वप्रधान सेनापतिलाई आजीवन काराबासको सजाय दिने फैसला भएको छ । 

भ्रष्टाचारविरुद्धको अभियानको क्रममा राष्ट्रपति सि जिन पिङले उहाँलाई यसअघि नै पदच्यूत गरिसक्नु भएको चिनियाँ सरकारी सञ्चारमाध्यमले बुधबार जनाएको छ । 

चिनियाँ सरकारी सेनाको सर्वोच्च पदमा सन् २०१२ मा नियुक्त हुनु भएका फाङ फेङघुई अहिले कारबाहीमा परेका हुन् । उनलाई सन् २०१७ को अगष्टमा जिम्मेबारीबाट हटाइएको थियो । 

सैन्य अदालतले नै उनलाई दोषी ठहर गर्दै आजीवन जेल सजायको फैसला गरेको सरकारी समाचार संस्था सिन्ह्वाले जनाएको छ । 

चीनमा भ्रष्टाचार लामो समयदेखि देशका लागि ठूलो समस्या बनेको छ । भ्रष्टाचारविरुद्धका अभियानहरू चलाइएका छन् भने हजारौँ सरकारी उच्च अधिकारी कारबाहीमा परेका छन् । 
 

सम्बन्धित समाचार

चीन र इथियोपियाबीच ३० करोड डलरको औद्योगिक क्षेत्र निर्माणका लागि सहमति

इथियोपिया । अफ्रिकी मुलुक इथियोपियामा ३० करोड अमेरिकी डलरको लागतमा नयाँ औद्योगिक क्षेत्र बनाउन चीन र इथियोपियाबीच सहमति भएको छ । इथियोपियास्थित चिनियाँ वाणिज्यदूत लिऊ यूले राजधानी आदिस अबाबाबाट करिब ९९

चीनमा प्रत्यक्ष वैदेशिक लगानी बढ्यो

चीन । चीनमा प्रत्यक्ष विदेशी लगानी (एफडीआई) विगत सात महिनामा अघिल्लो वर्षको तुलनामा ७ दशमलब ३ प्रतिशतले वृद्धि भएको छ । चिनियाँ वाणिज्य मन्त्रालयका अनुसार यस वर्ष जनवरीदेखि जुलाई महिनाको अवधिमा

चीनमा लेकिमाबाट ४४ जनाको मृत्यु, १६ जना बेपत्ता

चीन । चीनमा शनिबार आएको ‘लेकिमा’ नामक कडा आँधीका कारण हालसम्म मृत्यु हुनेको सङ्ख्या ४४ पुगेको छ । यस आँधीमा परी अझै पनि १६ व्यक्ति बेपत्ता रहेका स्थानीय अधिकारीहरुले बताएका

औद्योगिक ‘हब’ बन्दै मेचीनगर

भद्रपुर ।  व्यापारिक नाकाको रूपमा परिचित झापाको मेचीनगर केही वर्षयता औद्योगिक नगरको रूपमा विकसित हुन थालेको छ । यातायात र बैंकिङ सुविधा, कच्चा पदार्थको आयातको सहजता र सुरक्षित लगानीको वातावरणले मेचीनगरको


z