• २०८१ बैशाख १२ बुधबार

चीनका पूर्व प्रधानसेनापतिलाई आजीवन जेल सजाय

kharibot

बेइजिङ । चीनका पूर्वप्रधान सेनापतिलाई आजीवन काराबासको सजाय दिने फैसला भएको छ । 

भ्रष्टाचारविरुद्धको अभियानको क्रममा राष्ट्रपति सि जिन पिङले उहाँलाई यसअघि नै पदच्यूत गरिसक्नु भएको चिनियाँ सरकारी सञ्चारमाध्यमले बुधबार जनाएको छ । 

चिनियाँ सरकारी सेनाको सर्वोच्च पदमा सन् २०१२ मा नियुक्त हुनु भएका फाङ फेङघुई अहिले कारबाहीमा परेका हुन् । उनलाई सन् २०१७ को अगष्टमा जिम्मेबारीबाट हटाइएको थियो । 

सैन्य अदालतले नै उनलाई दोषी ठहर गर्दै आजीवन जेल सजायको फैसला गरेको सरकारी समाचार संस्था सिन्ह्वाले जनाएको छ । 

चीनमा भ्रष्टाचार लामो समयदेखि देशका लागि ठूलो समस्या बनेको छ । भ्रष्टाचारविरुद्धका अभियानहरू चलाइएका छन् भने हजारौँ सरकारी उच्च अधिकारी कारबाहीमा परेका छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै