राम्रो कामका लागि लिखित आदेश पर्खनुपर्दैन : प्रधानसेनापति थापा

खरीबोट

खोटाङ । प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेनालाई सबल, सुदृढ र सक्षम सङ्गठन बनाउन अनुशासनको परिधिमा रही उच्च मनोबलका साथ काम गर्न सकलदर्जालाई निर्देशन दिएका छन् ।

यहाँ तैनाथ बहादुर श्रीशेरगणको निरीक्षणका क्रममा उनले नेपाली सेनालाई सक्षम र प्रभावकारी सङ्गठन बनाउने सन्दर्भमा जारी भएको सात लक्ष्य र १५१ कार्यसहितको मार्गनिर्देशन कार्यान्वयन गर्ने विषयमा दायाँबायाँ नहुने दृढता व्यक्त गरे ।

प्रधानसेनापति थापाको कमाण्ड मार्गनिर्देशनमा हतियार र उपकरण खरीद, शान्ति सेना भर्ना छनोट, बढुवालगायतका विषयलाई पारदर्शी तुल्याउने व्यक्त गरिएको छ । सेनापति थापाले भने, “गल्ती हुन्छ भनेर काम नगर्ने कमाण्डर होइन, सङ्गठनलाई चुनौतीको सामना गर्ने गणपति आवश्यक छ, सही नियतबाट भएको गल्ती सुधार्न सकिन्छ, राम्रो कामका लागि लिखित आदेश पर्खनुपर्दैन ।”

सुरक्षा र विकास एकअर्काका पूरक भएकाले सरकारले अघि सारेको ‘सुखी नेपाली, समृद्ध नेपाल’को अवधारणालाई मूर्तरूप दिन हामीले सुरक्षाको प्रत्याभूति दिन सक्नुपर्छ भन्दै उनले राष्ट्र, जनता र सेनाको हितका खातिर गौरव गर्ने ढङ्गबाट जिम्मेवारी सम्हाल्न निर्देशन दिए ।

सम्बन्धित समाचार

प्रधानसेनापति पूर्णचन्द्र थापा स्वदेश फिर्ता

काठमाडौँ । प्रधानसेनापति पूर्णचन्द्र थापा संयुक्त राष्ट्रसंघको कार्यक्रममा सहभागी भएर स्वदेश फर्किएका छन् । प्रधानसेनापति थापालाई बलाधिकृत रथी शरद कुमार गिरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् । उक्त अवसरमा नेपाली

प्रधानसेनापति पूर्णचन्द्र थापा अमेरिका जादै

काठमाडौँ । प्रधानसेनापति पूर्णचन्द्र थापा संयुक्त राष्ट्रसंघको कार्यक्रममा सहभागी हुन मित्रराष्ट्र संयुक्त राज्य अमेरिका जाने भएका छन् । प्रधानसेनापति थापा संयुक्त राष्ट्रसंघको ‍औपचारिक निमन्त्रणामा यहि असार २३ गते अमेरिका जाने नेपाली

बलाधिकृत रथी पूर्णचन्द्र थापालाई प्रधानसेनापतिको कार्यभार हस्तान्तरण 

काठमाडौँ।  प्रधानसेनापतिबाट अवकाश प्राप्त गर्नु एक महिना अगावै बिदा बस्ने नेपाली सेनाको प्रचलित परम्परा अनुसार प्रधानसेनापति महारथी राजेन्द्र क्षत्रीले आज जंगी अड्डामा आयोजित एक समारोहका बीच प्रधानसेनापतिको कार्यभार बलाधिकृत रथी

बलाधिकृत पूर्णचन्द्र थापाले बिहीबारदेखि कामु प्रधानसेनापतिको कमाण्ड सम्हाल्दै

काठमाडौँ। बलाधिकृत रथी पूर्णचन्द्र थापाले कायममुकायम प्रधानसेनापतिका रुपमा बिहीबारदेखि नेपाली सेनाको कमाण्ड सम्हाल्दै छन् ।  प्रधानसेनापति राजेन्द्र क्षत्रीले सैनिक मुख्यालय जंगी अड्डामा बिहीबार आयोजित विशेष समारोहमा बलाधिकृतरथी थापालाई नेपाली सेना बुझबुझारथ


z