• २०८१ बैशाख ८ शनिबार

रनबीर सिंहको छलांग : नाफामा हिस्सा दिन निर्माता तयार  

kharibot

काठमाडौँ । बलिवुड अभिनेता रनबीर सिंहको क्यारियर अहिले उत्कृष्ट समयमा रहेको छ । २०१८ मा दुई २ सय करोडका फिल्म दिएपछि उनको छबी अब बलिवुडमा नम्बर एक अभिनेताको बनेको छ । 

२०१८ को सुरुमा रिलिज भएको पद्मावतले भारतीय बक्सअफिसमा २८२ करोडको कलेक्सन गरेको थियो भने बर्षको अन्त्यमा रिलिज भएको सिम्बाले २४० करोडको कलेक्सन गरेको थियो ।

२०१८ मा आमिर खानको ठग्स अफ हिन्दोस्तान, सलमान खानको रेस ३ र शाहरुख खानको जिरो फिल्म बक्स अफिसमा फ्लप साबित हुदा रनबीरका दुई फिल्मले दुई सय करोडभन्दा बढी कलेक्सन गरेर उनले आफुलाई तीन खानभन्दा अगाडी उभ्याएका छन् ।

रनबीरको अहिले गली ब्वाय प्रदर्शन भइरहेको छ भने बक्स अफिसमा फिल्म सय करोडको नजिक पुगिसकेको छ । फिल्म विश्लेषक र दर्शकले फिल्मलाई अत्यन्त मन पराएका छन् ।

लगातार तीन सफल फिल्म दिएपछि अब निर्माताले रनबीरलाई आफ्नो नाफामा सेयर दिनेगरि सम्झौता गर्न लागेको डिएनएले लेखेको छ । अहिले बलिवुडमा तीन खान आमिर खान, शाहरुख खान र सलमान खानका अलावा अक्षयकुमार, अजय देवगन र रणवीर कपुरले फिल्ममा पारिश्रमिकको रुपमा नाफामा आफ्नो हिस्सा लिने गर्छन । अब यसमा रनबीर सिंह पनि जोडिएको बताइएको छ । बलिवुडमा ९ बर्षे क्यारियर मै रनबीरले यो सफलता हासिल गरेका हुन् । 

डीएनएले रनबीरले अब आउने फिल्म कपिलदेवको जीवनीमा बन्ने ८३ र करण जोहरको फिल्म तख्तमा नाफामा हिस्सा लिने गरि सम्झौता गरेको बताइएको छ ।

रनबीरका अहिलेसम्म पद्मावत, सिम्बा, गली ब्वायका अलावा, रामलिला, गुण्डे, बाजिराव मस्तानी, दिल धड़कने दो जस्ता सफल फिल्ममा अभिनय गरेका छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै