• २०८१ बैशाख ६ बिहीबार

महिला क्रिकेट क्वालिफायर : नेपाल थाइल्याण्डसँग पराजित

kharibot

काठमाडौँ । महिला टी-२० विश्वकप क्वालिफायर अन्तर्गतको एशिया क्वालिफायर छनोट खेलमा नेपाल अहिले आयोजक थाइल्याण्डसँग पराजित भएको छ । थाइल्याण्डले दिएको १२५ रन पछाएको नेपाल २० ओभरमा ८ विकेट गुमाउदै ६७ रन मात्र बनाएपछि खेल ५७ रनले गुमाएको हो ।

नेपालले सुरुकै ओभरमा विकेट गुमाउदै दबाबमा आएपछि खुलेर खेल्न नै सकेन । पहिलो दुई ओभरमा २ विकेट गुमाएको नेपालका लागि इन्दु बर्माले सर्वाधिक २९ रन बनाइन भने सिता राना मगरले १८ रन बनाएर आउट भईन । अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन असफल भएपछि नेपालले खेलमा हार बेहोर्न पुग्यो ।

यसअघि टस जितेर पहिला ब्याटिंग गर्दै थाइल्याण्डले २० ओभरमा ७ विकेट गुमाउदै १२४ रन बनाएको थियो । थाइल्याण्डका लागि चनिदा सुत्त्थीरुवांगले सर्वाधिक ३५ रन बनाएकी थिइन् भने नरुवेमोल चाइवाईले ३२ रन बनाएकी छन् । त्यस्तै नताया बूचाथामले १२ तथा वोंगपाका लियेंग प्रसार्टले अविजित २८ रन बनाएकी थिइन् ।

नेपालका लागि रुबिना क्षेत्री, नेरी थापा र कविता कुवरले २-२ विकेट लिएका छन् भने करुणा भण्डारीले एक विकेट लिएक थिए ।

नेपालले पहिलो खेलमा मलेसियालाई ३४ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको नेपाल दोस्रो खेलमा आयोजक थाइल्याण्डसँग पराजित भएको छ । प्रतियोगिता अन्तर्गत नेपालले आफ्नो तेस्रो खेल शुक्रबार युएईसँग खेल्दै छ ।

प्रतियोगितामा एशियाका सात राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् । आयोजक थाइल्याण्डसँगै नेपाल, युएई, मलेशिया, चीन, हङकङ र कुवेतले राउण्ड रोबिन लिगमा खेल्नेछन् । प्रत्येक टिमले ६-६ खेल खेल्नेछन् । 

प्रतियोगिता एशियाली राष्ट्रका लागि सन् २०२० मा हुने टी–२० विश्वकप र २०२१ मा हुने ५० ओभरको विश्वकपका लागि शुरुआती खुड्किलो हो । 

क्वालिफायरमा एकआपसमा खेलिसकेपछि अङ्कतालिकामा शीर्ष स्थानमा रहने टिम टी-२० महिला विश्वकप र एकदिवसीय विश्वकपका लागि ग्लोबल क्वालिफायरमा छानिनेछ ।      
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै