• २०८१ बैशाख ८ शनिबार

फिल्म गोवर प्रसाद युट्युबमा सार्वजनिक 

kharibot

काठमाडौँ । गणेश उपाध्यायद्धारा निर्देशित चलचित्र चलचित्र गोवर प्रसाद युट्युबमा रिलिज गरिएको छ । 

दिवज फिल्मको ब्यानरमा निर्माण गरिएको नेपाली कथानक चलचित्र गोवर प्रसाद पश्चिमका १० वटा जिल्लामा सफलताको साथ प्रदर्शन भएको लगत्तै युटुबमा सार्वजनिक भएको हो ।

हौसला र प्रेरणाले मानिसको सपनालाई साकार पार्छ भन्ने मुल सन्देश समेटिएको चलचित्र गोवर प्रसादको लेखन र निर्देशन गणेश उपाध्याय र दिलीप हमालले गरेकाछन् भने निर्माणमा बिष्णुप्रसाद उपाध्याय र छायांकन मनोज राईको रहेको छ । 

रिदम कँडेलले स्वर दिएको चलचित्रको गीतमा शब्द छनोट निर्देशक गणेश उपाध्याय र दिलिप हमालको रहको छ भने संगीत प्रमोल पन्तको सुन्न सकिन्छ । 

चलचित्रमा गणेश उपाध्याय,दिलीप हमाल,राजु अर्याल,विमला शाही,प्रताप मुस्कान,बुद्धि श्रेष्ठ,प्रेम लिम्बू लगायतको मुख्य भूमिका रहेको छ ।

लेखक तथा निर्देशनक उपाध्यायका अनुसार राजधानी सेरोफेरोका विभिन्न स्थलमा छायांकन गरिएको यस चलचित्रले दर्शकको मन जित्ने आशा ब्यक्त गरेका छन । 


सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै