• २०८१ बैशाख १४ शुक्रबार

कामना सेवाको ६५औं शाखा सप्तरीको महुलीमा

kharibot

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तारको क्रममा प्रदेश नं २ को सप्तरी जिल्ला, महुली गाँउपालिका वडा नं ०६ मा आफ्नो ६५औं शाखा कार्यालय स्थापना गरि कारोबार शुभारम्भ गरेको छ । 

बैंकका संचालक विश्वेश्वर सुवेदी तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा कारोबार शुभारम्भ गरेका हुन् । उक्त कार्यक्रममा बैंकका प्रदेश नं १ का प्रमुख सुजन राई तथा प्रदेश नं २ का प्रमुख राकेश सिंहको पनि उपस्थिति रहेको थियो । 

शुभारम्भ कार्यक्रममा प्रमुख कार्यकारी अधिकृतले उक्त शाखा प्रदेश नम्बर २ को लागि दोस्रो भएको र बैंकले प्रदेश नं १, २ र ५ का विभिन्न शहर तथा ग्रामिण इलाकामा १९ वटा तथा काठमाडौं उपत्यकामा थप ३ वटागरि कुल २२ वटा शाखाको निर्माण कार्य भईरहेको र अन्य ठाउहरूमा समेत शाखा विस्तारको सम्भाव्यता अध्ययन भईरहेको बताए । 

काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ६५ वटा शाखा तथा १७ वटा एटिएममार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदानगर्दै आएको छ ।

साथै बैंकले एबीबिएस, एसएमएस बैंकिंग, मोबाइल बैंकिंग, सि-अस्बा  लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्षआफ्नासेवाहरु थपगर्दै जाने बैंकको योजना रहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै