• २०८१ बैशाख ८ शनिबार

क्रिस हेम्सवर्थ रेसलिंग जगतका सुपरस्टार हल्क होगानको भूमिकामा देखिने

kharibot

काठमाडौँ । नेटफ्लिक्सको आगामी चलचित्रमा क्रिस हेम्सवर्थ रेसलिंग जगतका सुपरस्टार हल्क होगानको भूमिकामा देखिने भएका छन् ।

हलिउड रिपोर्टरले दिएको जानकारीअनुसार नेटफ्लिक्सले बनाउन लागेको हल्क होगानको जीवनीमा आधारित फिल्मलाई 'ह्यांगओभर' फिल्मशृंखला निर्देशन गरेका टड फिलिप्सले निर्देशन गर्नेछन् भने चलचित्रको पटकथा स्कट सिल्भर र जोहन पोलोनोले लेख्ने छन् । चलचित्र रिलिज हुने मिति भने अहिले सार्वजनिक गरिएको छैन ।

फिल्मका अन्य निर्माताहरूमा ओस्कार अवार्ड विजेता चलचित्र ‘स्पटलाइट’ का निर्माता माइकल सुगर, निर्देशक टड फिलिप्स, अभिनेता तथा निर्देशक ब्राडली कूपर, क्रिस हेम्सवर्थ र एरिक बिस्कफ रहेका छन् ।

उक्त चलचित्र विशेषगरि हल्क होगानको करियरका सुरुवाती दिनहरूमा केन्द्रित रहने बताइएको छ । हल्क होगान चलचित्रको कार्यकारी निर्माता र सल्लाहकारका रुपमा पनि रहने छन् ।

क्रिस हेम्सवर्थ आफ्ना 'थोर' र 'एभेन्जर्स' चलचित्र शृंखलाहरूका लागि परिचित छन् भने २०१९ मा उनको ‘एभेन्जर्स: इन्डगेम’ र ‘मेन इन् ब्ल्याक: इन्टरनेसनल’ रिलिज हुँदैछन् ।

त्यसैगरीअसीको दशकबाट रेसलिंग जगतमा ठूलो नाम कमाउन सफल भएका हल्क होगानले थुप्रै चलचित्र र टेलिभिजन सिरिजमा पनि अभिनय गरेका छन् । व्यवसायिक रेसलिंग जगतमा १२ पटक विश्व च्याम्पियन बनेका हल्क होगानको वास्तविक नाम भने टेरी जीन बलि हो । रेसलिंग जगतका लागि हल्क होगान नाम अपनाएका उनी यही नामले नै विश्वप्रसिद्ध भएका छन् ।

२०१५ मा उनी काला जातिका मानिसबारे गरेको टिप्पणीका कारण रेसलिंग जगतबाट टाढिन बाध्य भए पनि २०१८ पुन: 'कम्ब्याक' गरेका थिए । धेरै संचारमाध्यमले उनलाई रेसलिंग जगतको सबैभन्दा बढी परिचित सुपरस्टार पनि मान्ने गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै