• २०८१ बैशाख ७ शुक्रबार

स्वधर्मको रक्षाका साथ आध्यात्मिक विकास जरुरी : कमल थापा

kharibot

काठमाडौँ ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले स्वधर्मको रक्षा गर्दै भौतिक विकाससँगै आध्यात्मिक विकास हुनुपर्नेमा जोड दिएका छन् । 

पार्टीको भातृ संगठन नेपाल सनातन धर्म संस्कृति संगठन केन्द्रीय कार्यालयको तिनकुनेमा उद्घाटन गर्दै अध्यक्ष थापाले नेपाल हिन्दु, बौद्ध र किराँत धर्मको उद्गम स्थल भएको चर्चा गरे ।

धार्मिक मुल्य, मान्यता र आस्थाको आधारमा नेपाल विश्वकै जेठो र सम्पन्न मुलुक भएको वताउँदै थापाले राष्ट्रिय एकता र पहिचानको संरक्षण अहिलेको प्रमुख आवश्यकता भएको विचार व्यक्त गरे । मुलुक बनाउनको निमित्त हामिसँग अत्यन्त बलियो मुल्य–मान्यता रहेको भन्दै थापाले आफ्नो देशको गौरवशाली इतिहास र पहिचान जोगाउन नयाँ पुस्ता अग्रसर हुनुपर्ने बताए । 

वैदिक मुल्य मान्यताका आधारमा काम गर्ने हो भने र धर्मलाई समाज र देश विकासमा जोड्न सके सकारात्मक सन्देश दिन सकिने थापाको भनाई थियो । सो अवसरमा थापाले लोभ, लालच र प्रलोभनका आधारमा गरिएको धर्म परिवर्तन तत्काल रोकिनु पर्ने भन्दै सरकारको गम्भिर ध्यानाकर्षण गरे ।

सो अवसरमा पार्टीका कोषाध्यक्ष उद्धव पौडेल, सहायक महामन्त्री राजाराम बर्तौला लगायतको उपस्थिति थियो ।

कार्यक्रममा संगठनका अध्यक्ष पुष्पराज पुरुषले संगठनलाई मुलुककै बलियो धार्मिक संगठन बनाउन लागि पर्ने प्रतिवद्धता व्यक्त गरे । सो अवसरमा संगठनका महासचिव ज्यो.सुजन अधिकारी र शास्त्री सुजन पराजुली लगायतले बोलेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै