• २०८१ बैशाख १३ बिहीबार

नेपाल बंगलादेश बैंकको पोखरा लेकसाइडमा नयाँ एटीएम संचालन 

kharibot

पोखरा । नेपाल बंगलादेश बैंकले आफ्नो एटीएम सेवाविस्तारको क्रममा बैंकको ६५औं एटीएम पोखराको लेकसाइड स्थित एटिएम लन्जबाट संचालनमा ल्याएको छ ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरन्जीवी पोखरेलबाट एक कार्यक्रमबीच उक्त एटीएम सेवाको शुभारम्भ गरिएको हो । साथै सो एटीएम सेवाबाट सो क्षेत्रमा आउने पर्यटक, सो क्षेत्रका व्यवसायी तथा बैंकका अन्य सेवाग्राहीहरू समेतलाई सहज बनाउने कुरामा बैंक विश्वस्त रहेको छ । 

उक्त समारोहमा बैंकका गण्डकी प्रदेश कार्यालयका प्रमुख देवेन्द्र अवस्थीले बैंकले पोखरामा २ वटा शाखा र ३ वटा एटीएमबाट बैंकिङ्ग सुविधा दिंदै आएको र देश भरी बैंकले ८१ शाखा ७ एक्सटेन्सन काउन्टर, २ शाखा रहित घरदैलो बैंकिङ सेवा तथा ६५ वटा एटीएमबाट बैंकिङ्ग सुविधा दिंदै आएको कुरा पनि जानकारी गराए ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै