• २०८१ बैशाख ७ शुक्रबार

राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक योहान नेपालमा

kharibot

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक योहान कालीन आज नेपाल आउनुभएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फाले) गत माघ ३ गते मुख्य प्रशिक्षक नियुक्त गरेपछि योहान राष्ट्रिय टोली सम्हाल्न यहाँ आइपुगेका हुन् । 

योहानलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एन्फाका विदेश विभाग प्रमुख नवीन पाण्डले स्वागत गरेका थिए । उनलाई करीब दुई वर्षका लागि एन्फाले मुख्य प्रशिक्षकको जिम्मेवारी अघिल्लो महीना दिएको थियो । सम्झौताअनुसार २०१९ मार्च १ देखि २०२१ फेब्रुअरी २८ सम्म उहाँले नेपाली टोलीको नेतृत्व गर्ने छन् । 

यसअघिका जापानी प्रशिक्षक ग्यातुको कोजी प्रवेशाज्ञाका कारण नेपाल आउन नपाउने भएपछि एन्फाले नयाँ प्रशिक्षक नियुक्तिको प्रक्रिया अघि बढाएको थियो । पर्यटकीय भिसामा नेपालमा काम गरेका कोजीको श्रम स्वीकृतिलगायतका प्रक्रिया एन्फाले अघि नबढाउँदा उनी नेपाल आउन पाएका थिएनन् । उनको सम्झौता गत डिसेम्बरसम्म थियो ।

योहानले २०७० सालमा ‘ए’ डिभिजन क्लब मछिन्द्रको मुख्य प्रशिक्षकका रुपमा काम गरेका थिए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै