• २०८१ बैशाख १४ शुक्रबार

दुर्घटनामा घाइते प्रदेश सांसद उत्तरकुमार ओलीको निधन 

kharibot

काठमाडौँ । गाडी दुर्घटनामा घाइते भएका प्रदेश ५ का सांसद उत्तरकुमार ओलीको उपचारकोक्रममा निधन भएको छ । 

उनको ललितपुरको मेडिसिटी अस्पतालमा बिहीबार राति साढे १ बजेतिर निधन भएको परिवारले बताएको छ ।

उनको शव श्रद्धाञ्जलीको लागि पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा राख्ने तयारी छ । सांसद ओली गएको माघ २४ गते दाङको लमही–घोराही सडक खण्डको चिसापानीमा भएको गाडी दुर्घटनामा घाइते भएका थिए । 

दाङको दंगिशरण गाउँपालिका वडा नम्बर–६, लेटारका सांसद ओली गएको वर्ष भएको प्रदेश सभा चुनावमा तत्कालीन एमालेको तर्फबाट दाङ निर्वाचन क्षेत्र नम्बर(ख) बाट विजयी भएका थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै