• २०८१ बैशाख ७ शुक्रबार

पिएसएलमा सन्दिपले आज डेभ्यु गर्दै 

kharibot

काठमाडौँ । नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पीएसएल) मा आज पहिलो खेल खेल्दै छन् । गत फेब्रुअरी १४ बाट सुरु भएको पीएसएलमा सन्दीप लाहोर कलान्दर्सबाट आज हुने खेलमा खेल्न लागेका हुन् ।  

अहिलेसम्म भएका खेलमा सन्दीप खेल्ने टीम लाहोरले ३ खेलमा एक जित र २ हारसहित अंक तालिकामा पुछारमा रहेको छ । लाहोरले आज नेपाली समय अनुसार सवा ५ बजे मुल्तान सुल्तान्ससँग खेल्ने छ । सन्दीपले सम्भवत यहि खेलबाट पिएसएलमा डेभ्यु गर्ने छन् ।

लाहोरमा दक्षिण अफ्रिकी विष्फोटक ब्याट्सम्यान एबी डेभिलियर्स कप्तान रहेका छन् । यस टिममा सन्दीपसहित मोहमद हाफीज, कार्लोस ब्रेथवेट, कोरी एन्डरसन जस्ता चर्चित खेलाडी सामेल रहेका छन् । 

इस्लामावाद युनाइटेड, कराची किंग्स, पेशावर जाल्मी, क्वेटा ग्लाड़ीयटर्स, लाहोर कलान्दर्स र मुल्तान सुल्तान रहेका छन्। 

सन्दीपले अस्ट्रेलियन बिग बास लिगमा मेलवर्न स्टार्सबाट खेल्दै उपविजेता हुदै पिएसएल खेल्न युएई पुगेका हुन् । सन्दीपले बिग बास लिगमा उत्कृष्ट प्रदर्शन गर्दै ११ विकेट लिएका थिए ।

सन्दीप गएको बर्ष आइपिएल खेलेपछि ग्लोबल टी-२० लिग क्यानाडा, क्यारेबियन प्रिमियर लिग, अफगानिस्तान प्रिमियर लिग, टी-१० लिग, बंगलादेश प्रिमियर लिग, बिग बास लिग हुदै पाकिस्तान सुपर लिग खेल्न लागेका छन् । 

पिएसएलपछि सन्दीप संभवत मार्चको २३ बाट सुरु हुने आइपिएल खेल्न भारत आउने छन् । पिएसएलका समुह चरणका खेल मार्च १० मा सकिने छन् भने फाइनल खेल मार्च १७ मा हुने छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै