• २०८१ बैशाख ७ शुक्रबार

काठमाडौँले खेल बहिष्कार गरेपछि महेन्द्रनगर डिपिएलको फाइनलमा  

kharibot

धनगढी । धनगढी प्रिमियर लिग (डीपीएल) को आज हुने क्वालिफायर्स काठमाडौं गोल्डेनले बहिष्कार गरेपछि महेन्द्रनगर युनाइटेड फाइनलमा पुगेको छ । 

डिपिएल आयोजकले काठमाडौँ गोल्डेन्सले खेल बहिष्कार गरेकाले आइसीसीको नियम अनुसार महेन्द्रनगर युनाइटेडलाई विजयी घोषणा गरेको छ ।

अब यस सिजनको डिपिएलको फाइनल खेल सिवाईसि अत्तरिया र महेन्द्रनगर युनाइटेडबीच हुने भएको छ ।

अत्तरियाले पहिलो क्वालिफायरमा काठमाडौँ गोल्डेन्सलाई पराजित गर्दै फाइनलमा पुगेको थियो । त्यस्तै महेन्द्रनगर युनाइटेडले भने इलिमिनेटरमा रुपन्देही च्यालेन्जर्सलाई एक रनले पराजित गर्दै दोस्रो क्वालिफायरमा पुगेको थियो ।

काठमाडौँ गोल्डेन्सले किन गर्यो खेल बहिष्कार ? 

काठमाडौँ गोल्डेन्सले आफ्ना अलराउन्डर खेलाडी अंकित डबासलाई बलिङ गर्न प्रतिवन्ध लगाइएको विषयमा असन्तुष्टि जनाउँदै उसले खेल बहिष्कार गरेको हो ।

शंकास्पद बलिङ एक्सनका कारण काठमाडौंका भारतीय खेलाडी डबासलाई आयोजकले बलिङमा प्रतिवन्ध लगाइएको थियो । 

एम्पायरले दुई पटकसम्म अंकितको बलिङ एक्सनमा उजुरी गरेपछि उनको बलिङको भिडियो विश्लेषण गर्दा उनको एक्सन गलत भेटिएपछि उनलाई डिपिएलका बाँकी खेलमा बलिङ गर्न प्रतिबन्ध लगाउने निर्णय विहिबार गरिएको थियो ।

दिल्लीका २६ बर्षिय अंकित काठमाडौँ गोल्डेन्सबाट यसै सिजनमा डिपिएल खेल्दै ५ खेलमा ६ विकेट लिएका छन् । अंकितले पछिल्लो खेल अत्तरियाविरुद्धको खेलमा ११ रन दिएर २ विकेट लिएका थिए । अलराउन्डर अंकित तीन वटा खेलमा म्यान अफ द म्याच भएका थिए । 

आईसीसीको नियम अनुसार बलरले बलिङ्ग गर्दा हात १५ डिग्री भन्दा बढी बाङ्गो गर्न पाइदैन। खेलको दौरान यदी अम्पायरले कुनै बलरले १५ डिग्री भन्दा बढी हात बाङ्गो गरेको पाएमा रिपोर्ट गर्न पाउने नियम रहन्छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै