• २०८१ बैशाख ७ शुक्रबार

खानेपानी मन्त्रीलाई सांसदहरुको प्रश्न – मेलम्ची कहिले आउछ ?

kharibot

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा खानेपानीमन्त्री वीना मगरले सांसदहरुको प्रश्नको जवाफ दिएकी छन् ।

प्रश्नोत्तरमा नेपाली काँग्रेसकी सांसद डा.डिला संग्रौला पन्तले सटिक प्रश्न राख्दै काठमाडौँबासीले मेलम्चीको खाने पानी कहिले खान पाउछन् त ? मन्त्रीजीले दिएको सिमा त कटेको कटै छ ?

सांसदको जवाफमा मन्त्री मगरले मेलम्चीको ठेकेदार सिएमसीले आयोजना छोडेर गएकाले अहिले समस्या आएको बताएकी थिइन् । आफुहरुले केहि समयअवधि तोकेको तर ठेकेदारका कारण समयमा सम्पन्न हुन् नसकेको बताएकी थिइन् । मन्त्री मगरले मन्त्रालयले दुई किसिमको होमवर्क गरिरहेको बताउदै पहिलो सिएमसीलाई फेरी ल्याउने विषयमा संयमतापुर्वक छलफल अगाडी बढाइरहेको छ भने दोस्रो मन्त्रालयले फेरी टेन्डर गरेर छिटो आयोजना समपन्न गर्ने तयारी गरिरहेको बताएकी छन् ।

संसद संग्रौलाले पुरक प्रश्न गर्दै सिएमसि किन फर्कियो भन्दै मन्त्रलायका सचिव र मन्त्रीको के कुरामा कुरा मिलेन ? सचिवले मन्त्रीले देश डुबाउन थाले भनेको र मन्त्रीको तर्फबाट सचिवले कमिसन मागे भन्ने विषयमा प्रष्ट पर्न आग्रह गरेकी थिइन् ।

त्यस्तै अर्का सांसद राजेन्द्र कुमार केसीले यसअघि गत बैशाख मै राजधानीबासीलाई ठुला ठुला भाषण गरेको सुनेको थिए त्यो के भयो ? अहिले मन्त्रीज्यूले ठेकेदार भगाएको सचिवले भनेका छन् सत्यतथ्य के हो भन्दा प्रश्न गरेका थिए ।

त्यस्तै सांसद महेस बस्नेतले मेलम्ची खानेपानीले पाइप बिछाउदा खनिएका सडक मर्मत गरिएको छैन भन्दै उपत्यकाका सांसदहरुलाई बोलाएर मेलम्चीका विषयमा छलफल गर्न सुझाव दिएका थिए ।

सांसद गगन थापाले सचिवको भनाई उदृत गर्दै मिडियामा मेलम्चीमा कमिसनको खेल भएको विषय आएको भन्दै मन्त्री र सचिव दुवैले यस विषयमा प्रष्ट पार्न आग्रह गरेका थिए ।
अर्का सांसद प्रेम सुवालले चार आर्थिक बर्षसम्म सरकारको नीति तथा कार्यक्रममा मेलम्ची दशैँ अगाडी आउछ भन्ने उल्लेख छ तर आएन भन्दै काठमाडौँ उपत्यका वरिपरीका जलासयको व्यवस्थापन गरे मेलम्चीको आवश्यक नरहेको विज्ञले बताएका छन् यस बारेमा मन्त्रीको धारणा मागेका थिए ।

पुरक प्रश्नहरुको जवाफ दिदै मन्त्री मगरले मेलम्चीलाई जुन गतिमा लिएर अगाडी बढेका थियौ तुलनात्मक रुपमा फड्को मारेपनि ठेकेदारको लापरवाहीले अन्तिम परिणाम दिन नसकेको बताईन । सिएमसीलाई विधिवतरुपमा रहेर सहयोग गर्ने प्रयास गरेको बताउदै मन्त्री मगरले त्यो प्रयास असफल भएको बताएकी छन् । अहिलेपनि सिएमसीलाई फर्काउने प्रयास सँगै फेरी टेन्डर गरेर अगाडी बढ्ने गरि काम गरिरहेको बताएकी छन् ।

मन्त्री मगरले सचिवको विषयमा उनले के भने भन्ने बारे आफुले चासो नदिएको बताउदै मेलम्ची राष्ट्रिय गौरवको योजना भएको भन्दै आफ्नो व्यक्तिगत सफलतासँग जोडिएको विषय भएकाले यसमा कसैको गिद्दे नजर पर्न नदिने बताइन् । मन्त्री मगरले सचिवलाई मेलम्चीलाई प्रमुख प्राथमिकता राखेर काम गर्न दिएको निर्देशन पालना नगरेको दाबि गर्दै सोहि कारणले नै सचिवको सरुवा गरेको स्पष्ट पारिन । मन्त्री मगरले आफु मन्त्री भएपछि केबल ८४ करोड भुक्तानी भएको तर मिडियामा मन्त्रीले एक अर्ब खायो भन्ने आएको बताउदै आफु अचम्ममा परेको बताइन् ।   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै