• २०८१ बैशाख १३ बिहीबार

मदिरा बजारलाई मर्यादित बनाउन जाउलाखेल ग्रुपको सचेतनामुलक कार्यक्रम

kharibot

फागुन । मदिरा बजारलाई ब्यवस्थित र मर्यादित बनाउन जाउलाखेल ग्रुप अफ ईण्डष्ट्रिजले बिभिन्न सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । 

सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० लाई सफल बनाउने अभियान अन्तर्गत होटलले पर्यटकको लागि कसरी जति सक्दो राम्रो तवरबाट सत्कार गर्न सक्छन् भन्ने बिषयलाई मुख्य प्राथमिकतामा राखेर जाउलाखेल गुप अफ ईण्डष्ट्रिजले होटलमा काम गर्ने वेटरहरुका लागि बार तालिम प्रदान कार्यक्रमको सुरुवात गरेको छ ।

यसै अभियान अन्तर्गत पहिलो कार्यक्रम चितवनमा जाउलाखेल गुप अफ ईण्डष्ट्रिजले चितवनका होटल तथा रेष्टुरेन्टका ५० जना बढि वेटरको सहभागिता सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ ।

होटलमा आउने ग्राहकलाई कसरी राम्रो भन्दा राम्रो सेवा प्रदान गरी सन्तुष्ट बनाउन सकिन्छ भन्ने बिषयमा तालिम दिईएको कम्पनीले जनाएको छ । ग्राहकलाई मुस्कान सहितको सेवा प्रदान गरी स्वस्थकर र हाईजेनिक खाना खुवाएर पटक पटक आउने बातावरण सृजना गर्न मुख्य भुमिका वेटरको हुने भएकाले उनीहरुलाई यस्तो तालिम दिइएको बताइएको छ ।

चितवनबाट कार्यक्रम सुरु गरेको र आन्तरिक पर्यटकको बढि चहलपहल हुने शहरहरु बिराटनगर, धरान, पोखरा, पाल्पा, गोरखा, लगायतका शहरमा यस किसिमको कार्यक्रम गर्ने कम्पनीले जानकारी दिएको छ । 

२०१९ को अन्त्य सम्ममा देशका ३० वटा शहरमा करिब ९० वटा यस्ता कार्यक्रम संचालन गर्ने तयारी कम्पनीले गरेको छ ।

तालिममा सहभागिहरुले तालिम निकै उपयोगी लागेको बताउदै आगामी दिनमा ग्राहकलाई गर्ने ब्यवहार र सेवामा धेरै सुधार हुने विश्वास व्यक्त गरेका थिए ।

जाउलाखेल गुप अफ ईण्डष्ट्जिले बीरगन्जमा २, भैरहवामा २ र चितवनमा १ गरी ५ वटा मदिरा उद्योग सञ्चालन गरेको छ ।

जावलाखेल इण्डस्ट्रिजको उत्पादनमा मास्टर सेलेक्सन व्हिस्की,रुसलान अल्ट्रा प्रिमियम भोड्का, रुस्लान भोड्का, हिमालयन ब्राण्डी,ग्राण्ड मास्टर रम,रोयल ट्रेजर व्हिस्की, अल्टिमेट जिन,ब्लु डाईमण्ड,एक्स्ट्रा डई, ब्लयाक ओक,गोल्डेन ओक,वासट्राईनर प्रिमियम जर्मन बियर,नमस्ते क्लासिक लेगर बियर,माउण्टेन आईस प्रिमियम स्ट्रङ्ग वियर, लगायत रहेका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै