• २०८१ बैशाख ११ मंगलबार

एनसेल कार्यालय विष्फोट : गम्भीर घाइते गुरुङको मृत्यु  

kharibot

काठमाडौँ ।  ललितपुरको नख्खुस्थित एनसेलको मुख्य कार्यालयको मूलगेट अगाडि शुक्रबार बेलुकी बम विस्फोट हुँदा घाइते भएका सिंहप्रताप गुरुङको मृत्यु भएको छ । 

शुक्रबार बेलुकी ७:५५ बजे नख्खुमा एनसेलको मुख्य कार्यालयको मूलगेट अगाडि विस्फोट हुँदा घाइते भएका लमजुङको मेलुङ घर भई ललितपुर भैसेपाटी बस्दै आएका ४९ वर्षीय गुरुङको राति साढे १२ बजेतिर मेडिसिटी अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ । 

विस्फोटमा घाइते भएका ललितपुर महानगरपालिका ४ बागडोलकी २६ वर्षीया प्रतिक्षा खड्का र काभ्रेको बनेपा घर भई अहिले मेडिसिटी अस्पतालमा कार्यरत स्टाफ नर्स २५ वर्षीया उरुषा मानन्धरको मेडिसिटी अस्पतालमै उपचार भैरहेको छ ।

विस्फोट गराएको आशंकामा प्रहरीले ६ जनालाई पक्राउ गरेर सोधपुछ गरिरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ । 

कमलपोखरीमा प्रेसर कुकर बम 

काठमाडौँको कमलपोखरीमा प्रेसर कुकर बम फेला परेको छ । कमलपोखरीस्थित आँगन रेष्टुरेन्टमा कालो झोलामा प्रेसर कुकर बम राखिएको अवस्थामा फेला परेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जानकारी दिएको छ । 

बमलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको थियो ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै