• २०८१ बैशाख ८ शनिबार

उपहार (कविता) 

kharibot

अकेली बनहरुमा 
मृगतृस्णाका शिशु हुर्किरहेका छन ।
तिमी स्कुलबाट घर आउँदा 
म स्कुल बाट घर नआउदा  
फरक -फरक चेहेरामा किन रुन्छ 
यति विघ्न मेरो देश?
मलाइ थाहा छ
तिम्रो आगमनमा पलासका फुलहरु 
तिमिलाइ पर्खिरहेका हुनेछ्न 
मेरो बहिर्गमनमा गुराँसका फुलहरु 
मेरो बिदाइमा हात हल्लाइरहेका हुनेछ्न 
दिन पछि रात 
रात पछि दिन 
हिजो ,आज र भोलि क्रमशः मेटिदै जानेछन
विरताका गाथाहरु
ठिक त्यहिदिनबाट तिमी र म कुन देशको मानचित्रमा 
कस्को हस्ताक्षर बोकेर उभिनेछौ ?
र कसरी भन्नेछौ  कि यो देश मेरो हो भनेर ?

तिमी पर छौ ........!
म झन पर छु .........!
हातहरुले कलम समाउन बिर्सिएका छन 
उन्मुक्त हुने बहानामा 
आफ्नै अनुहारमा  सबैले खोजिरहेछौ 
फरक -फरक चेहेरा
हुन सक्छ यो समय अलि पृथक छ 
त्यसैले त आज तिम्रो र मेरो जन्मउत्सब 
फरक -फरक ठाउँमा मनाइ रहेका छौ ....!

यो बर्तमान 
आफु बाचेको  समयसङ्ग
आफैले संवाद गर्न छाडेको समय हो
हार  र जीतको उपहास भन्दा अरु फरक केही छैन 
मनवीय संवेदना हामी भन्दा विल्कुलै फरक भएको छ
तिमिले मलाई खाली कागजका टुक्राहरु उपहार दिदा
मैले त तिमिलाइ सुन्दर फूलहरु उपहार दिएकै हु ....!
हुन सक्छ इतिहासकै परिमितिमा आफू बाचेको ज्यामिती  बिर्सिएर तिम्रा ती कलेटी परेका ओठहरुले 
यतिखेर मेरो नाम जपिरहेका छ्न ..........!!!
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै