• २०८१ बैशाख १३ बिहीबार

रूपन्देही र कपिलवस्तुमा एनसेलको टावरमाथि आगजनी

kharibot

रूपन्देही । रुपन्देहीको गौरहवा गाउँपालिका–३ स्थित कटवामा एनसेलको टावरमाथि आगजनी भएको छ ।

गए राति भएको आगलागीबाट तार जलेर नष्ट भएको प्रहरी चौकी सूर्यपुराका प्रहरी निरीक्षक जीवराज चुँदालीले जानकारी दिए ।

आगलागीबाट सूर्यपुरा आसपासमा एनसेलको सेवा अवरुद्ध भएको छ ।

विप्लव नेतृत्वको नेकपा माओवादीले टावरमाथि आगजनी गराएको अनुमान गरिए पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै, कपिलवस्तु जिल्लाको वाणगङ्गा नगरपालिका–११ मईनारामा रहेको एनसेल कम्पनीको टावरमा आगजनी भएको छ ।

गए राति करीब १० बजेको समयमा भएको घटनापछि प्रहरीले दमकल लगेर आगो निभाएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।

विप्लव समूहले अन्य जिल्लामा टावर जलाउने क्रममा वडा नम्बर ११ मा पनि क्षति भएकाले सोही समूहले नै गरेको हुन सक्ने प्रहरीले आशङ्का गरेका छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै