• २०८१ बैशाख १२ बुधबार

डिपिएलको उपाधि अत्तरियाले जित्यो 

kharibot

काठमाडौं । रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) को उपाधि सिवाईसि अत्तरियाले जितेको छ । आज भएको फाइनल खेलमा महेन्द्रनगर युनाइटेडलाई ३ विकेटले पराजित गर्दै अत्तरियाले उपाधि जितेको हो ।

महेन्द्रनगरले दिएको १२४ रन पछाएको अत्तरियाले १९.५ ओभरमा ७ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो ।

अत्तरियाका लागि सन्नी पटेलले सर्वाधिक ४७ रन बनाएका थिए । पटेलले २६ बलमा २ छक्का र ३ चौकाको मद्धतले ३९ रन बनाएका थिए । त्यस्तै जयकिसन कोलसावालाले ३० रन बनाएका थिए भने दिपेन्द्र सिंह ऐरिले १७ रन बनाएका थिए । 

महेन्द्रनगरका बलर सागर ढकाल र मोहम्मद नाभीदले २-२ विकेट लिएका थिए भने शहाब आलम र अविनाश बोहोराले एक एक विकेट लिएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिंग गर्दै महेन्द्रनगर युनाइटेडले २० ओभरमा अलआउट हुदै १२३ रन बनाएको थियो ।

महेन्द्रनगरका लागि दिलिपनाथले सर्वाधिक ४३ रन बनाएका थिए । दिलिपनाथले ४१ बलमा ४३ रन बनाएका थिए । त्यस्तै कुशल मल्लले २५ तथा रोहित पौडेलले २४ रन बनाएका थिए । त्यस्तै आरिफ सेखले ११ तथा मोहमद नाभीदले १० न बनाएका थिए ।

त्यस्तै अत्तरियाका दिपेन्द्र सिंह ऐरी र दिपेन्द्र रावतले २-२ विकेट लिएका थिए भने सन्नी पटेलले एक विकेटले लिए । अत्तरियाले ५ विकेट रनआउट गरेर लिएको थियो ।
    
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै