• २०८१ बैशाख ७ शुक्रबार

डिपिएलमा दिपेन्द्रले जिते सुनको जुत्ता

kharibot

काठमाडौं । रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) को प्रतियोगिताको मोस्ट भ्यालुएवल प्लेयर सिवाइसी अत्तरिया कप्तान दिपेन्द्रसिंह ऐरी बनेका छन् । 

दिपेन्द्र मोस्ट भ्यालुएवल प्लेयर बन्दै उनले ‘गोल्डस्टार गोल्डेन शू’ जितेका छन् ।

दिपेन्द्रले प्रतियोगितामा ७ खेलमा १६८ रन बनाउदै धेरै रन बनाउने खेलाडीको सुचीमा दोस्रो स्थानमा रहेका छन् । त्यस्तै दिपेन्द्रले ७ खेलमा १० विकेट समेत लिएका छन् ।

महेन्द्रनगरविरुद्धको फाइनल खेलमा दिपेन्द्रले २ विकेट समेत लिएका थिए भने १७ रन बनाएका थिए ।  

त्यस्तै अत्तरियाबाट खेल्ने सन्नी पटेल प्रतियोगिताको प्लेयर अफ दि सिरिज बनेका छन् भने उनी फाइनल खेलको प्लेयर अफ द म्याच समेत बनेका छन् ।

सन्नीले प्रतियोगितामा ७ खेलमा २०२ रन बनाउदै सर्वाधिक रन बनाएका थिए भने उनले ७ खेलमा ९ विकेट समेत लिएका थिए ।

शनिबार भएको फाइनलमा महेन्द्रनगर युनाइटेडलाई ३ विकेटले पराजित गर्दै सीबाईसी अत्तरियाले उपाधि जितेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै