• २०८१ बैशाख ८ शनिबार

क्वेटाविरुद्ध सन्दिपको किफायती बलिङ, एक विकेट लिए  

kharibot

काठमाडौँ । सन्दीप लामिछानेले पाकिस्तान सुपर लिग (पीएसएल) मा लाहोर कलान्दर्सबाट आफ्नो दोस्रो खेलमा एक विकेट लिएका छन् ।

अहिलेजारी क्वेटा ग्लाडियटर्सविरुद्धको खेलमा सन्दीपले ४ ओभर बलिङ गर्दै २० रन दिएर एक विकेट लिएका छन् ।

सन्दीपले शुक्रबार पिएसएलमा डेभ्यु गर्दै तीन विकेट लिएका थिए । यो सँगै सन्दीपले २ खेलमा ४ विकेट लिएका छन् ।

यस खेलमा लाहोरले दिएको १४४ रनको लक्ष्य क्वेटाले ७ विकेट गुमाउदै अन्तिम बलमा लक्ष्य पुरा गर्दै जित हासिल गरेको छ ।

जितसँगै क्वेटा अपराजित रहदै ४ खेलमा ८ अंक बटुल्दै शिर्ष स्थानमा रहेको छ भने लाहोरले ५ खेलमा २ जित र ३ हारसहित ४ अंक बटुलेको छ ।  

लाहोरमा दक्षिण अफ्रिकी विष्फोटक ब्याट्सम्यान एबी डेभिलियर्स कप्तान रहेका छन् । यस टिममा सन्दीपसहित मोहमद हाफीज, कार्लोस ब्रेथवेट, कोरी एन्डरसन जस्ता चर्चित खेलाडी सामेल रहेका छन् । 

इस्लामावाद युनाइटेड, कराची किंग्स, पेशावर जाल्मी, क्वेटा ग्लाड़ीयटर्स, लाहोर कलान्दर्स र मुल्तान सुल्तान रहेका छन्। 

सन्दीपले अस्ट्रेलियन बिग बास लिगमा मेलवर्न स्टार्सबाट खेल्दै उपविजेता हुदै पिएसएल खेल्न युएई पुगेका हुन् । सन्दीपले बिग बास लिगमा उत्कृष्ट प्रदर्शन गर्दै ११ विकेट लिएका थिए ।

सन्दीप गएको बर्ष आइपिएल खेलेपछि ग्लोबल टी-२० लिग क्यानाडा, क्यारेबियन प्रिमियर लिग, अफगानिस्तान प्रिमियर लिग, टी-१० लिग, बंगलादेश प्रिमियर लिग, बिग बास लिग हुदै पाकिस्तान सुपर लिग खेल्न लागेका छन् । 

पिएसएलपछि सन्दीप संभवत मार्चको २३ बाट सुरु हुने आइपिएल खेल्न भारत आउने छन् । पिएसएलका समुह चरणका खेल मार्च १० मा सकिने छन् भने फाइनल खेल मार्च १७ मा हुने छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै