• २०८१ बैशाख ७ शुक्रबार

टी-२० क्रिकेटमा अफगानिस्तानको तीन नयाँ रेकर्ड 

kharibot

काठमाडौँ । अफगानिस्तानले टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा नयाँ रेकर्ड बनाएको छ । आयरल्याण्डविरुद्धको टी २० खेलमा अफगानिस्तानले टी २० क्रिकेटको अहिलेसम्मको उच्च रन बनाएको छ ।

भारतको देहदुरानमा भइरहेको खेलमा टस जितेर पहिला ब्याटिंग गरेको खेलमा अफगानिस्तानले २० ओभरमा ३ विकेट गुमाउदै २७८ रन बनाएको छ ।

टी-२० क्रिकेटमा यसअघि अष्ट्रेलियाले २०१६ मा श्रीलंकाविरुद्ध २६३ रन बनाएको थियो । अफगानिस्तानले सो रेकर्डलाई तोड्दै २७८ रन बनाएको छ । 

यति मात्र होइन यस खेलमा अफगानिस्तानका ओपनर हजरतुल्लाह जजईले ६२ बल खेल्दै अविजित १६२ रन बनाए । उनले आफ्नो इनिंगमा ११ चौका र १६ छक्का प्रहार गरेका छन् ।
टी-२० क्रिकेटमा व्यक्तिगत धेरै रन भने आइपिएलमा क्रिस गेलले १७५ रन बनाएका थिए ।

जजईले बनाएको १६२ रन टी-२० क्रिकेटमा अहिलेसम्मको दोस्रो धेरै रन हो ।साथै उनले बनाएको ४२ बलमा बनाएको शतक टी-२० क्रिकेटमा तेस्रो कम बलमा बनेको शतक हो ।

जजईले अर्का ओपनर उस्मान घानीसँग मिलेर पहिलो विकेटका लागि २३६ रनको साझेदारी गर्दै टी २० मा कुनै पनि विकेटका लागि सर्वाधिक रनको साझेदारी गर्दै नयाँ रेकर्ड बनाएका छन् । 

यसअघि टी-२० क्रिकेटमा अष्ट्रेलियाका एरोन फिन्च र डिबर्ची डर्टले जिम्बावेविरुद्ध पहिलो विकेटका लागि २२३ रनको साझेदारीको रेकर्ड बनाएका थिए ।

साथै जजईले एकै इनिंगमा हानेको १६ छक्का पनि टी-२० क्रिकेटमा नयाँ रेकर्ड बनेको छ । यसअघि अस्ट्रेलियाका फिन्च ले नै इंगल्याण्डविरुद्ध सन् २०१३ मा  एकै इनिंगमा १४ चौका प्रहार गर्दै रेकर्ड बनाएका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै