नक्खु विष्फोट र टावर जलाउने शंकास्पद १६ पक्राउ

खरीबोट

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ असैनामा गएराति अज्ञात समूहले आगजनी गरी जलाएको एनसेल कम्पनीको टावरका केवुल । तस्बिरः राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर, रासस

काठमाडौँ । मुलुकका विभिन्न क्षेत्रमा रहेको टेलिफोन सेवा प्रदायक कम्पनी एनसेलको टावरमा भएको बम विष्फोट र आगजनीको घटनामा संलग्न रहेको आशङ्कामा प्रहरीले १६ जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ । 

काठमाडौँ उपत्यकाबाट पक्राउ परेका छ र बाहिरी जिल्लाबाट पक्राउ परेका १० गरी १६ जनामाथि अनुसन्धान चलिरहेको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिए । “कसले विष्फोट गरायो भन्ने विषय र पक्राउ परेकाको विषयमा अनुसन्धान चलिरहेको छ, अनुसन्धानपछि मात्रै यकिन हुन्छ, अहिले नै यसै भन्न सकिन्न”, प्रवक्ता सुवेदीले भने । 

अज्ञात समूहले ललितपुरको नख्खुलगायत देशका विभिन्न क्षेत्रमा रहेको एनसेलको टावरमा शुक्रबार बम विष्फोट गराएर क्षति पु¥याएको थियो । ललितपुरको नख्खुस्थित टावरमा भएको विष्फोटमा परी सिंहप्रसाद गुरुङको मृत्यु भएको छ भने प्रतीक्षा खड्का र आयुषा मानन्धर घाइते भएका छन् । 

उनले ललितपुरको नख्खुबाहेक अन्य जिल्लामा भने आगजनी मात्रै भएको जानकारी दिए । उपत्यका बाहिर कञ्चनपुर, जाजरकोट, अछाम, पूर्वी रुकुम, कपिलवस्तु, रुपन्देही, काभ्रेलगायत जिल्लाको एनसेल टावरमा आगजनी गरिएको छ । काठमाडौँ कमलपोखरीमा फेला परेको बमलाई भने डिस्पोज गरिएको थियो । 

गृहमन्त्री रामबहादुर थापाले शनिबार उपचाररत घाइतेसँग भेट गरी उपचारको सम्पूर्ण जिम्मेवारी सरकारले लिने जानकारी दिँदै दोषीलाई पक्राउ गरी कारवाही गर्ने आश्वासन दिएका छन् । 

उक्त घटनापछि सुरक्षा व्यवस्थामा समेत थप कडाइ गरिएको प्रहरीले जनाएको छ । जाँचलाई साविकभन्दा बढाएको, सादा पोशाकमा समेत प्रहरी परिचालन गरी मोबाइल गस्ती बढाएको र मुलुकभरका प्रहरी कार्यालयलाई सुरक्षा व्यवस्था थप मजबुद पार्न निर्देशन दिइसकिएको प्रवक्ता सुवेदीले जानकारी दिए । 

यस्तै शङ्कास्पद गतिविधिलाई समेत प्रहरीले निगरानी थालेको छ । विभिन्न जिल्लामा रहेको संवेदनशील क्षेत्रमा समेत सुरक्षा सतर्कता बढाएको प्रहरीले जानकारी दिएको छ ।  
 

सम्बन्धित समाचार

महिलालाई दुर्व्यबहार गर्ने आठ पक्राउ

धनुषा । धनुषामा एक दलित महिलालाई कपाल मुण्डनसहित कुटपिट गरेको आरोपमा धनुषा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ । जनकपुरधाम उपमहानगरपालिका–२५ लोहना बस्ने अन्दाजी ३४ वर्षीया स्थानीय एक मुसहर समुदायकी

५७ किलो गाँजासहित १ भारतीय र २ नेपाली पक्राउ

मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले भारतीय नागरिक अमरजितलाई ४८ किलो ८०० ग्राम गाँजा र कारसहित नियन्त्रणमा लिएको छ । उनलाई हेटौँडाको तिनताप्केबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । वैशाख

बिप्लव निकट किसान सङ्घ पाल्पाका अध्यक्ष पक्राउ

बेझाड / बिप्लव नेतृत्वको नेकपा निकटको अखिल नेपाल किसान सङ्घ पाल्पाका अध्यक्ष टोपराज बस्याललाई प्रहरीले पक्राउ गरेको छ । तानसेन नगरपालिका–८ मदनपोखराबाट बस्याललाई बिहीबार पक्राउ गरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय

बालिका बलात्कृत, आरोपी पक्राउ

गुल्मी । गुल्मीमा १४ वर्षीय बालिका बलात्कृत भएकी छन् । जिल्लाको छत्रकोट गाउँपालिका–६ निवासी १४ वर्षीय बालिकालाई पाल्पा तानसेन नगरपालिका–५ का ४५ वर्षीय हनुमान भनिने समीर मियाँले बलात्कार गरेको गुल्मी


z