• २०८१ बैशाख ७ शुक्रबार

भारत भ्रमणमा अस्ट्रेलियाको विजयी सुरुवात, पहिलो टी-२० जित्यो 

kharibot

काठमाडौँ । भारत भ्रमणमा रहेको अस्ट्रेलियाको क्रिकेट टिमले विजयी सुरुवात गरेको छ । गएराती सम्पन्न पहिलो टी-२० खेलमा अस्ट्रेलिया २ विकेटले विजयी हुदै २ टी-२० खेलको सिरिजमा १-० ले अगाडी रहेको छ ।

भारतले दिएको १२७ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले २० ओभरमा ७ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

अस्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले सर्वाधिक ५६ रन बनाए भने डिआर्ची शर्टले ३७ रन बनाए । त्यस्तै ह्याण्डकम्बले ११ रन बनाए । भारतका बलर जसप्रित बुमराहले ३ विकट लिए भने युजवेंद्र चहल र क्रुनाल पाण्डेयले एक एक विकेट लिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको भारतले २० ओभरमा ७ विकेट गुमाउदै १२६ रन बनाएको थियो ।

भारतका लागि केएल राहुलले सर्वाधिक ५० रन बनाए भने महेन्द्र सिंह धोनीले २९, कप्तान विराट कोगलीले २४ रन बनाएका थिए । अस्ट्रेलियाका बलर कट्लर निलले ३ विकेट लिएका थिए । निल खेलको प्लेयर अफ द म्याच समेत बने ।

सिरिजको अन्तिम टी-२० बुधबार बैंगलोरमा हुने छ । भारत भ्रमणमा रहेको अस्ट्रेलियाले २ टी-२० र ५ एकदिवसीय खेल खेल्ने छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै