• २०८१ बैशाख ८ शनिबार

सन् २११७ भित्रमा युएईले मंगल ग्रहमाथि कब्जा जमाउने !

kharibot

युनाइटेड अरब इमेरेट्सले अबको सय वर्षभित्रमा मंगल ग्रहलाई आफ्नो कोलोनी बनाउने उदेश्य राखेको बताएको छ । उसले त्यसबेलासम्म झन्डै ६ लाख जनसंख्या सहित मंगल ग्रहमा कब्जा जमाउने बताएको हो ।  

साथै युएईले खाडी राष्ट्रबाट पहिलो अन्तरिक्ष यात्री पठाउने घोषणा पनि गरेको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै युइईले हाजा-अल-मनसूरी अथवा सुल्तान अल-नेयादीमध्ये एकलाई सेप्टेम्बर २५ मा स्पेस स्टेशनमा पठाउने बताएको छ । यससंगै रुसी सोयुज रकेटमा चढेर खाडी मुलुककै पहिलो अन्तरिक्ष यात्री अन्तरिक्षतर्फ यात्रा गर्नेछन् ।

यसअघि संचारमाध्यमहरूमा दुई अन्तरिक्ष यात्रीमाध्ये को अन्तरिक्षमा जाने भन्ने घोषणा गरिने बताइएको थियो । तर आयोजकहरूले भने प्रक्षेपण मिति मात्र सार्वजनिक गरेका छन् । दुबईका शासक सेख मोहम्मद बिन रसिद अल मक्तुमले  गत सेप्टेम्बरमा नै दुई अन्तरिक्ष यात्रीहरूको नाम सार्वजनिक गरेका थिए ।

युएईले पछिल्लोसमय अन्तरिक्ष अन्वेषणका लागि लिएर निकै ठूला महत्वाकांक्षाहरू प्रकट गर्दै आएको छ । अक्टोबरमा उसले जापानबाट 'खालिफासाट' नामक आफ्नो पहिलो स्थानीय भू-उपग्रह प्रक्षेपण गरेको थियो । सन् २०२०मा युएईले मंगल ग्रहमा अन्वेषणका लागि आफ्नो यान पठाउने जनाएको छ ।

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै