• २०८१ बैशाख ७ शुक्रबार

दक्षिण अफ्रीका जाने १५ जना युवा क्रिकेटर छानियो, को को परे ?

kharibot

धनगढी ।तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) मा सहभागी १९ वर्षमुनिका खेलाडीको टोली दक्षिण अफ्रिका भ्रमणमा जाने भएको छ । 

डिपिएलको आयोजक धनगढी क्रिकेट एकेडेमीले आज ‘डिपिएल इमर्जिङ स्टार‘ टोलीको घोषणा गर्दै उक्त टोलीलाई दक्षिण अफ्रिका भ्रमणमा पठाउने जानकारी दिएको छ । डिपिएल इमर्जिङ स्टार टोलीमा १९ वर्षमुनिका १५ खेलाडीको नाम घोषणा गरिएको छ । 

डिपिएलले स्पोर्टस एडसँगको सहकार्य तथा डिपिएल–३ को सद्भावना राजदूतमा नियुक्त जोन्टी रुटस र रायन मरोनको पहलमा डिपिएल इमर्जिङ स्टार्सलाई दक्षिण अफ्रिकाको दुई साताको भ्रमण गराउने भएपछि सम्भावना बोकेका खेलाडी छनोट गरिएको धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुभाष शाहीले बताए । 

टोलीमा रोहितकुमार पौडेल, रीत गौतम, भीम सार्की, कुशल मल्ल, तीर्थराज दास, सुुवास ऐर, सुशील खड्का, कमल ऐरी, रशिद खान, अदिल अन्सारी, दीपेन्द्र रावत, कृष्ण ऐर, पवन सर्राफ, सन्दीप जोरा र खगेन्द्र जैसी छन् । 

सो टोली आगामी दशैँपछि दक्षिण अफ्रिकाको भ्रमणमा जानेछ । कूल रु ४० लाख खर्च लाग्ने अनुमान गरिएको छ । सो १५ सदस्यीय टोलीको सम्पूर्ण खर्च आयोजक डिपिएल र स्पोर्टस एडले व्यवस्थापन गर्ने एकेडमीका अध्यक्ष शाहीले जानकारी दिए । 

टोलीले केप टाउनमा स्थानीय क्लब तथा प्रान्तीय टोलीसँग ५० ओभर र दुई दिवसीय क्रिकेट खेल्ने जनाइएको छ । खेलाडीको उमेर र उनीहरुको खेल प्रदर्शनका आधारमा टोलीको छनोट गरिएको स्पोर्टस एडका अविषेक केसीले बताए ।

जोन्टी रुटस र रायन मरोनसँग दक्षिण अफ्रिकामा ‘हाई प्रफोरेन्स क्याम्प‘ पनि सञ्चालन हुने आयोजकले जनाएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै