• २०८१ बैशाख १३ बिहीबार

कृषि विकास बैंकको गेटा आंखा अस्पतालको परिसर एक्सटेन्सन काउन्टर

kharibot

कैलाली । कृषि विकास बैंकले कैलाली जिल्लाको गेटा आंखा अस्पताल धनगढीमा एक्सटेन्सन काउन्टरको शुभारम्भ गरेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय, अस्पतालका निर्देशक डा.सुरेश कुमार पन्त र नेपाल नेत्रज्योती संगका उपाध्यक्ष चक्र बहादुर सिंहद्धारा संयूक्तरुपमा एक्सटेनसन काउन्टरको उदघाटन गरेका छन् । 

बैंकका क्षेत्रिय कार्यालय, धनगढीका निर्देशक हरिश्चन्द्र यादवको अध्यक्षतामा भएको समुदघाटन कार्यक्रममा अस्पतालका निर्देशक डा.सुरेश कुमार पन्त र नेपाल नेत्रज्योती संगका उपाध्यक्ष चक्र बहादुर सिंहल यस अस्पतालमा आउने विरामी तथा कर्मचारीहरुका लागि वित्तिय कारोबार गर्न सहजता हुनुका साथै सुदुरपश्चिमका ९ जिल्लाबाट रकम प्राप्त गर्न र रकम पठाउनमा पनि सहजता भै यस भेगका वासिन्दाहरु लाभान्वित भएकोले बैंकलाई विशेष धन्वाद दिंदै बैंकको उच्च प्रगतिको कामना गर्दै शुभकामना मन्तव्य व्यक्त गरेका थिए । 

कृषि विकास बैंकले प्रदान गर्ने सेवा सुविधा तथा बैंकको एचयमगअत को बारेमा जानकारी गराउंदै यस अस्पतालमा आउने विरामी र आफन्तहरुका लागि एटिएम,एसएमएस,मोवाईल बैंकिङ्ग सुविधा लगायत स्मार्ट बैकिङ्ग सेवाहरु सहजरुपमा उपलव्ध हुने भनि बताए । 

साथै ग्राहकको चाहना अनुसार बैंकले आफ्ना सेवाहरुमा गुणस्तरीयताका साथ अभिवृद्धि गर्दै लग्ने  विषयमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले प्रकाश पारेका थिए । 

कृषि विकास बैंक क्षेत्रिय कार्यालय धनगढीका निर्देशक हरिश्चन्द्र यादवले बैंकले अबका दिनमा अस्पतालमा आउने विरामी, आफन्त र कार्यरत कर्मचारीहरुलाई उपलव्ध गराउन सक्ने बैंकिङ्ग सेवाका बारेमा प्रकाश पारेका थिए । सो उदघाटन कार्यक्रममा कृषि विकास बैंकका कामु उप–महाप्रबन्धक चुडामणी तिम्सिना, सामान्य सेवा विभागका विभागीय प्रमुख दिर्घ बहादुर अर्यालय,  क्षेत्रिय कार्यालय धनगढीमा  कार्यरत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै