• २०८१ बैशाख १३ बिहीबार

बार्षिकोत्सवको अवसरमा इन्भेष्टमेण्ट बैंकमा रक्तदान कार्यक्रम 

kharibot

काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट बैंकले आफ्नो ३३औ वार्षिकोत्सवको दिनपारी आज रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

दरबारमार्गस्थित प्रधान कार्यालयमा विहान ९ बजेदेखि २ बजेसम्म आयोजित कार्याक्रममा ११९ जना सहभागीहरुले रक्तदान गरेका थिए ।

ग्रान्डी इन्टरनेशनल अस्पतालको सहयोगमा आयोजित रक्तदान कार्यक्रममा बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे, प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे, कर्मचारी तथा सहयोगीहरुले उत्साहजनक रुपमा सहभागिता जनाएका थिए ।

बार्षिकोत्सवकै दिन पारेर बैंकका कार्यकारी अधिकृत पाण्डेले क्रमिक मुद्यती खाता तथा बालबालिकाहरुमा वित्तिय साक्षरता विस्तार गर्ने उदेश्यले प्रकाशित बैंकसँगको नाता, मेरो आफ्नै बचत खाता नामको चित्रकथा सार्बजनिक गरेका थिए । 

नेपाल इन्भेष्टमेण्ट बैंकको केटाकेटी बचत खाता खोल्ने जुनसुकै नाबालक ग्राहकहरुलाई खाता खोल्दा ५०० रुपैयाँ नगद र प्रत्येक वर्ष जन्मदिनको खुशीयालीमा केक प्रदान गरिने छ तर यसका लागि सिमित सर्तहरु भने लागु हुनेछन् ।

त्यस्तै आजैदेखि एनाइबिएल भिसा कार्ड प्रयोगकर्ताका लागि पिओएस मेसिन प्रयोग गर्दा ३३ प्रतिशत क्यास ब्याक अफर ३३ दिनका लागि प्रदान गरिने छ । यसमा सर्तहरु लागु हुनेछन् ।

सन् १९८६ मा स्थापना भएको बैंकले यो अवधिसम्म आइपुग्दा व्यवसायिक उत्कृष्टता र ग्राहक सन्तुष्टीलाई उच्चतम् स्थानमा राखी आफ्नो सेवा विस्तार गरिरहेको छ । यो अवधिमा ग्राहक सुविधालाई मध्यनजर गर्दै ७८ वटा शाखा कार्यालय, ८ वटा एक्सटेन्सन काउन्टर, ९ वटा राजश्व संकलन एक्सटेन्सन काउन्टर, ४९ वटा शाखारहित बैंकिङ सुविधा, ११० वटा एटिएम तथा ३,६६५ वटा पिओएस मेसिनबाट सेवा दिइरहेको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै